सायद म
पत्थर भएकी छु
आँसु सुकेको
आँखा भएकी छु
कुनै दिन कसैले
आँसुसँगै मोडेको
बाटो आज बाध्यतामा
हिंड्दा लाग्छ
म काँडा कुल्चँदै हिँडिरहेछु
पाइतालाले उसका यादका
विषहरू छादिरहेछन्
बाटाभरि
र
शरीरभरि भरिएको
यादको विष
सहेर, समेटेर
भित्रभित्रै मुर्छित भैरहेछु
सायद
अब
कहिल्यै नबिउँतिने गरी ...!
प्रकाशित: ३ फाल्गुन २०७७ ०९:०१ सोमबार