२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डा.केसीका मागलाई वाम सरकारले ग्रहण नगरि लाजमर्दो काम गर्यो: वाम विश्लेषक श्याम श्रेष्ठ

वाम विश्लेषक श्याम श्रेष्ठले चिकित्सा क्षेत्र सुधारका सम्बन्धमा डा गोविन्द केसीले उठाएका मागहरुलाई वामपन्थी सरकारले आफ्ना एजेन्डा ठानेर तुरुन्तै व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।

सरकारले करारका कर्मचारीको रोजीरोटी खोस्दैनः सचिव थपलिया

विभिन्न सरकारी कार्यालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारी बुधवार काममा फर्किएका छन्। साउन १ देखि त्यस्ता कर्मचारीलाई हाजिर नगराउने निर्णय भएपनि उनीहरुको सेवा निरन्तर भएको संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयले जनाएको छ।

सरकारबाट समर्थन फिर्ता लिने राजपाको तयारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकार स्वेच्छचारी ढंगबाट अघि बढेकाले आफूहरु समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबारे पूनर्विचार गर्ने उपाध्यक्ष वृषेशचन्द्र लालले बताए। बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारलाई समर्थन गर्ने कुरामा हामी पुनर्विचार गर्छौं।’

प्रदेश ५ सरकारको ८० प्रतिशत बजेट खर्च भएन

प्रदेश ५ सरकारले पहिलो बर्षका लागि छुट्टाएको बजेटको ठूलो हिस्सा खर्च गर्न सकेन। वि.स.२०७४ माघमा प्रदेश सरकार गठन भएपछि आर्थिक बर्ष २०७४/७५ का लागि सरकारले गत चैत्रमा १ अर्ब २ करोड ५ लाख बराबरको बजेट ल्याएको थियो ।

देउवा सरकारका नियुक्ति बदर गर्ने अन्तरकालिन अन्तरिम आदेश सर्वाेच्चद्धारा सदर

पूर्ववर्ती शेरबहादुर देउवा सरकारका पालामा भएका नियुक्तिहरुको अन्तरकालिन अन्तरिम आदेशको श्रृखंलामा पूर्णकालिन अन्तरिम आदेश सुरु भएको छ।

सरकारले वार्ताका नाममा झारा टार्ने काम गर्‍याे : डा. केसी

जुम्लामा अनशनरत डा. गोविन्द केसीले तत्कालकालागि सरकारसंग अर्को चरणको वार्ताको औचित्य सकिएको वताएका छन्।

चिकित्सा शिक्षा विधेयक जबरजस्ती अघि बढाए सरकार फेल हुन्छ : गगन थापा

नेपाली कांग्रेस नेता एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँगको वार्तामा सरकारले एकरती गम्भीरता नदेखाएको बताएका छन्।

सरकारी कागजात छाप्न छापखाना खोलिँद

हाल विदेशमा छापिँदै आएका हुलाक टिकट, राजस्व स्टिकर, नागरिकताको प्रमाणपत्र, राहादानी र जग्गाधनी लालपुर्जाजस्ता संवेदनशील कागजपत्र छाप्न छापाखाना खोल्ने तयारी सुरु भएको छ।

गंगामायासँगकाे सहमति कार्यान्वयनतर्फ सरकार

गंगामाया अधिकारी र सरकारबीच भएको सहमति कार्यान्वयनमा सरकार अघि बढिरहेको कानुन, न्याय तथा संघीय मामिला मन्त्रालयले जनाएको छ।

‘डा. केसीकाे अान्दाेलन संघीय सरकारसँग सम्बन्धित छ’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग प्रदेश विकासका योजना मात्र छैनन्, त्यसलाई पूरा गर्ने दृढ अठोट पनि देखिन्छ।

राँको बाल्दै जुम्लावासीले भने- डा. केसीको माग पुरा गर्न सरकारको चेत खुलोस

१८ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको पक्षमा गठित संयुक्त संघर्ष समितिका संयोजक राजबहादुर महत साउने संक्रान्तिका बेला जुम्लीका घरघरमा आगोको राँको बाल्ने तयारी भइरहँदा सदरमुकाम खलंगाको बालमन्दिर नजिकै विधिवत रुपमा राँको बाल्दै थिए। यहाँका अगुवा नागरिकलाई भेला गरेर व्राह्मण बोलाएर डा. केसीको जीवन रक्षा गर्न र माग संवोधनका लागि सरकारको चेतना खुलोस भन्ने कामना गरे।

कांग्रेसद्वारा सरकारकाविरुद्ध आन्दोलनको घोषणा

नेपाली कांग्रेसले सरकारका विरुद्ध आन्दोलनको घोषणा गरेको छ। कांग्रेस महामन्त्री शशांक कोइरालाले एक विज्ञप्ती जारी गर्दै सरकारले जनविरोधि काम गरेको भन्दै श्रावण १५ गते प्रत्येक जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गर्ने जनाएका छन्।

डा. केसीलाई बेवास्ता गरेर सरकारले गल्ती गर्दैछ : नेता गौतम

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

जिल्लाका यी सरकारी कार्यालय आजदेखि खारेज हुँदै

आजदेखि जिल्लास्तरका १८ वटा सरकारी कार्यालय खारेज हुने भएका छन्। सरकारले आजदेखि लागु हुनेगरी खारेज हुने जिल्लास्थित कार्यालयकाे सूची यस अघि नै सार्वजनिक गरिसकेको छ।

माइतीघरमा प्रदर्शन गर्न नपाउने सरकारी निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

माइतीघर मण्डला लगायत राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउने सरकारले गरेको निर्णय कार्यान्वयन नगर्नु भनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्