७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

डा.केसीका मागलाई वाम सरकारले ग्रहण नगरि लाजमर्दो काम गर्यो: वाम विश्लेषक श्याम श्रेष्ठ

वाम विश्लेषक श्याम श्रेष्ठ । तस्बिर: श्रेष्ठकै फेसबुकबाट

काठमाडौं– वाम विश्लेषक श्याम श्रेष्ठले चिकित्सा क्षेत्र सुधारका सम्बन्धमा डा. गोविन्द केसीले उठाएका मागहरुलाई वामपन्थी सरकारले आफ्ना एजेन्डा ठानेर तुरुन्तै व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।

डा केसीको आन्दोलन बारे फेसबुक मार्फत आफ्नो टिप्पणी सार्वजनिक गर्दै वाम विश्लेषक श्रेष्ठ लेख्छन्, 'मेरो ठम्याइमा यी विषयमा (माथेमा प्रतिवेदनले र डा. गोविन्द केसीले उठाएका एजेन्डामा) नेपाललाई माया गर्ने कुनै पनि लोकतन्त्रप्रेमी प्रगतिशील वा समाजवादी व्यक्ति वा संस्थाले विमति राख्नुपर्ने कुनै कारण छैन।'

'समाजवादी झन्डा बोकेको वामपन्थी सरकार भने चिकित्सा शिक्षाको नवउदारवादी निजीकरण र पुँजीकरणको बारेमा नचाहिँदो अडान र अहंकार लिएर बसिरहेछ' श्रेष्ठ भन्छन्, 'यी एजेन्डालाई पराइ एजेन्डा ठानिरहेछ । यो मिलेन। लाजमर्दो कुरो भयो।'

प्रकाशित: २ श्रावण २०७५ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App