१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बन्दका कारण सर्लाहीको जनजीवन प्रभावित

मधेसी मोर्चाले आव्हान गरेको बन्दकाका कारण सर्लाहीको जनजीवन प्रभावित भएको छ। सदरमुकाम मलंगवा पूर्णरुपले ठप्प भएको छ । मलंगवाबाट छुट्ने सानो तथा लामो दुरीका यतायातका साधन सञ्चालन हुन सकेको छैनन्।

कर्मचारी नहुँदा मालपोतको कामकाज प्रभावित

मालपोत कार्यालय महोत्तरीमा कर्मचारीको उपस्थिति न्युन हुँदा कार्यालयको कामकाज प्रभावित भएको छ।

माेर्चाकाे बन्दले बुधबार मधेशका जिल्लाकाे जनजीवन प्रभावित

संविधान संशोधन नगरी सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको विरोधमा मधेशी मोर्चाले बुधबार आह्वान गरेको एक दिने मधेश बन्दले तराईका केही ठाउँको जनजीवन प्रभावित भएको छ।

भारतमा इन्जिनियरिङ पढाइमा कडाइ, हजारौं नेपाली प्रभावित हुने

भारत सरकारले मेडिकलमा जस्तै इन्जिनियरिङ अध्ययनअघि पनि परीक्षा दिनुपर्ने नयाँ मापदण्ड लागू गर्ने भएको छ। इन्जिनियरिङमा भर्ना हुँदा र पढाइ सकेपछि पनि सरकारी परीक्षा दिनुपर्ने नयाँ प्रावधान भारत सरकारले आगामी शैक्षिक सत्रदेखि लागू गर्न लागेको हो।

कर्णालीका डाँडा हिउँमय, जनजीवन प्रभावित

पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम बदली भइरहेका बेला कर्णालीमा पनि यसको प्रभाव परेको छ। कर्णलीका कालिकोटसहित ५ वटै जिल्लामा हिमपात र वर्षासमेत भएको छ। पानी र हिमपातका कारण धेरै चिसो बढेको छ।

भूकम्पपछिको पुनर्निर्माण प्रभावित, काठको गोदाम रित्तै

वन मन्त्रालयले प्रशस्त काठ दिन नसक्दा भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक पुनःर्निर्माणमा बाधा उत्पन्न भएको छ । सरकारले निजी आवास बनाउन पीडितलाई ९० प्रतिशत अनुदानमा सालको काठ उपलब्ध गराउने घोषणा गरेको थियो ।

बोकोहराम प्रभावित क्षेत्रमा फाैजी कारवाही गर्दा ९० जनाको मृत्यु

नाइजेरियाको हवाई सेनाले गरेको सुरक्षा कारबाहीमा परी नाइजेरियामा यस हप्ता कम्तीमा ९० जनाको मृत्यु भएको छ ।

खडेरी प्रभावित क्षेत्रमा ३० लाखको चामल

खडेरी प्रभावित पाँच गाविसमा ३० लाख बराबरको चामल सहयोग गरिएको छ। कामका लागि खाद्यन्न कार्यक्रम अन्तर्गत सुख्खा तथा खडेरी प्रभावित समुदायका लागि राहत स्वरुप चामल सहयोग गरिएको हो।

चिसोले कर्णालीको जनजीवन प्रभावित

कर्णालीमा दुई दिन अघि परेको हिमपातले गर्दा जनजीवन प्रभावित बन्दै गएको छ। तुसारो असिना पानी र चिसोको सिरेटोले गर्दा स्थानीवासीलाई समस्या उत्पन्न भएको हो। बदलिदो मौसम संगै एकाएक चिसो बढेपछि कालिकोटमा आगो ताप्त दाउराको माग बढेको छ।

अब्बल जग्गाको मुआब्जा थोरै भएकोमा बुढिगण्डकी प्रभावितको असन्तुष्टि

बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रमा पर्ने अब्बल जग्गाको मुआब्जा थोरै भएको भन्दै प्रभावितहरुले असन्तुष्टि जनाएका छन्। हाल निर्माणाधीन रहेको मध्यपहाडी लोकमार्गमा पर्ने धादिङ जिल्लाको आगिन्चोक गाविस र यस आसपासका सडकहरुमा सरकारले तोकेको मुआब्जा रकम थोरैले मुआब्जाको दररेट हेरफेर गरिदिन माग गरेका छन्।

सरकारी कर्मचारी काम छोडेर जुलुसमा, सेवा प्रभावित

सरकारको प्रमुख सचिवालय रहेको सिंहदरबारमा शुक्रबार ११ नबज्दै मन्त्रालयहरुमा कर्मचारी अभाव देखियो। सहसचिव र उपसचिव तहका केही कर्मचारी भए पनि अधिकृत र त्यो भन्दा तलका कर्मचारी एमालेको जुलुसमा हिँडेपछि मध्यान्ह नहुँदै मन्त्रालयहरु सुनसान बनेका थिए।

बूढीगण्डकी प्रभावितलाई रोपनीको ५ देखि ८ लाख रुपैयाँ मुआब्जा

बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित धादिङका जग्गाधनीले प्रतिरोपनी ५ देखि ८ लाख रुपैयाँसम्म मुआब्जा पाउने भएका छन्।

असिनापानी र हिमपातपछि चिसोले जनजीवन प्रभावित

अत्याधिक चिसोका कारण उत्तरी धादिङको जनजीवन कष्टकर बनेको छ । आइतबार असिना पानी परेपछि चिसो अझ बढेको हो। हिमाली बस्तीहरुमा फुर्फुराउँदो तुसारो परेको स्थानीयहरुले बताएका छन्।

असिना पानीपछि उत्तरी धादिङमा हिमपात, भूकम्प पीडितको जनजीवन प्रभावित

धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट बस्तीमा असिनापानी र हिमपात भएको परेको छ। आइतबार दिउँसो असिना पानीपछि हिमपात सुरु भएको स्थानीयले बताएका छन्।उत्तरीका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङ र दार्खाका माथिल्लो भेगमा ठूलो मात्रामा असिना परेको छ।

मुस्ताङमा हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)

मुस्ताङमा आइतबार दिउँसो देखी हिमपात भएको छ। जिल्लाको सदरमुकाम जोमसोमसहित १६ ओटै गाविसमा परेको हिमपात भएपछि जनजिवन प्रभावित भएको छ। हिमपातसँगै यातायातका साधन अवरुद्ध हुनुका साथै पैदलयात्री अलपत्र परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्