जेनेभा-नाइजेरियाको हवाई सेनाले गरेको सुरक्षा कारबाहीमा परी नाइजेरियामा यस हप्ता कम्तीमा ९० जनाको मृत्यु भएको छ ।
बोको हरामको विद्रोहका कारण विस्थापित भएकाहरु बसोबास गर्दै आएको शिविरमा हवाई आक्रमण भएको डक्टर्स विथआउट बोर्डर्स (एमएसएफ) ले शुक्रबार जनाएको छ ।
देशको उत्तरी क्षेत्रमा बिहीबार भएको आक्रमणमा परी मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको एमएसएफले उल्लेख गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । रासस-एएफपी
प्रकाशित: ७ माघ २०७३ ०८:४० शुक्रबार