१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण तयारी अन्तिममा

सरकारले भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ ।

अरुण आयोजनाबाट प्रभावितलाई रु एक अर्ब बढीको मुआब्जा वितरण

भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ ।

पाल्पामा दुईदिने आमहडताल, जनजीवन प्रभावित

आमहडतालका कारण आज बिहानदेखि यहाँको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण आज बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन्।

स्वार्थ बाँझिँदा प्रहरीमा बढुवा प्रभावित

गृह मन्त्रालय र प्रहरी मुख्यालयको मतान्तरका कारण सिंगो प्रहरी संगठनको वृत्ति विकासका साथै नियमित प्रक्रिया प्रभावित भएको छ। प्रहरीभित्र एक वर्षमा हुनुपर्ने सरुवा र रिक्त स्थानमा बढुवा सिफारिसले मूर्तता नपाउँदा प्रहरी अधिकारीमा निराशा बढेको छ।

बन्दले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित

संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको आम हड्तालका कारण बिहीबार मेची र कोसीका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ, झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम र संखुवासभामा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन चलेका छैनन्।

बुढीगण्डकी प्रभावित संयम रहन सांसदहरुको आग्रह

बुढिगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकलाई संयम रहन धादिङ र गोरखाका सांसदले आग्रह गरेका छन्। सबैको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको आयोजना सम्पन्न गरिने भएकोले दुवै जिल्लाका सांसदहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रभावित क्षेत्रका सम्पूर्ण नागरिकलाई संयम रहन आग्रह गरेका हुन्।

बुढीगण्डकी प्रभावितलार्इ सांसदहरूकाे अाग्रह– 'धैर्य गर्नुस्'

मुआब्जाको माग गर्दै केही स्थानीयवासीले बूढीगण्डकी जलविद्युत् आयोजनाको सिउरेनीटारस्थित कार्यालय घेराउ गरेको घटनाप्रति सो क्षेत्रका सांसदले धैर्यता राख्न आग्रह गरेका छन्।

मेलम्चीमा भेटिएकाे पहेंलो वस्तु परीक्षण गर्न खानी विभाग पठाइयाे, निर्माण कार्य प्रभावित

बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल क्षेत्रको चट्टाने पहाडमा सुन जस्तै पहेंलो रंगको चम्किलो पदार्थ भेटिएपछि त्यहाँ पहाड खन्ने काम रोकिएको छ।

पाल्पा बन्दले जनजीवन प्रभावित

संविधान संशोधनको प्रस्तावमा प्रदेशको सीमाङ्कन हेरफेर भएको भन्दै संयुक्त विद्यार्थी आन्दोलन समितिले आह्वान गरेको बन्दका कारण पाल्पाको जनजीवन प्रभावित भएको छ। जिल्लाबाट छ्ट्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

कर्मचारी अभावमा राजस्व सङ्कलन प्रभावित

आन्तरिक राजस्व कार्यालय लहानमा लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहुदाँ राजस्व सङ्कलनका साथै बजार अनुगमन प्रभावित भएको छ।

मुखर्जी भ्रमणका बेला कुन-कुन सडक प्रभावित हुन्छन्?

भारतीय राषट्रपति प्रणव मुखर्जीकाे नेपाल भ्रमणाका समयमा सवारीका लागि प्रयाेग हुने सडकहरू प्रभावित हुने भएकाे भन्दै नेपाल प्रहरीले सर्वसाधारणाका लागि वैकल्पिक सडक प्रयाेग गर्न सूचना जारी गरेकाे छ। बुधबार, बिहीबार र शुक्रबार अर्थात कात्तिक १७, १८ र १९ गते भारतीय राष्ट्रपतिकाे सवारी हुने सडकहरू प्रभावित हुने प्रहरीले जनाउँदै वैकल्पिक मार्ग प्रयाेग गर्न सूचना जारी गरेकाे प्रहरीले जनाएकाे छ।

बाढी पहिरो प्रभावितलाई थप १५ हजार दिने सरकारको निर्णय

सरकारले बाढी पहिरो पीडित परिवारलाई दसैं खर्च स्वरुप १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न समयमा गएको बाढी पहिरो पीडितलाई दसैंमा नै थप १५ हजार रुपैयाँ दिने निर्णय गरेको सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।

भारत-पाकिस्तान तनाबले पोखराको पर्यटन व्यवसाय प्रभावित

भारत-पाकिस्तानबीच द्वन्द्व चर्किदै जाँदा त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। जारी सिजनमा नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले दुई देशबीचको द्वन्द्वलाई कारण देखाउँदै भ्रमण सुरक्षामा आशंका गर्न थालेका छन्।

भारत–पाकिस्तानको टकरावले सार्क सम्मेलन प्रभावित

भारतले हाल सार्कको अध्यक्ष नेपाललाई यसबारे जानकारी दिइसकेको छ। त्यस्तै बुधबार सार्क सदस्य बंगलादेश, भुटान र अफगानिस्तानले पनि विभिन्न कारण देखाउँदै सार्क सम्मेलनमा सहभागी नहुने संकेत गरेपछि पाकिस्तानको राजधानी इस्लामाबादमा नोभेम्बर ९ र १० मा हुने भनिएको १९ औ सार्क शिखर सम्मेलन अन्योलग्रस्त बनेको छ।

भूकम्प प्रभावितलाई थप एक लाख दिने निर्णय

पुर्ननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई थप एक लाख अनुदान रकम दिने निर्णय गरेको छ। सोमबार बसेको निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई थप एक लाख दिने निर्णय गरेको पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जानकारी दिए। योसँग भूकम्प प्रभावितलाई दिने अनुदान अब तीन लाख पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्