४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

बुढीगण्डकी प्रभावितलार्इ सांसदहरूकाे अाग्रह– 'धैर्य गर्नुस्'

काठमाडौँ– मुआब्जाको माग गर्दै केही स्थानीयवासीले बूढीगण्डकी जलविद्युत् आयोजनाको सिउरेनीटारस्थित कार्यालय घेराउ गरेको घटनाप्रति सो क्षेत्रका सांसदले धैर्यता राख्न आग्रह गरेका छन्।

ऊर्जा मन्त्रालयद्वारा तयार गरिएको मुआब्जासम्बन्धी नीतिमा आधारित भई केही दिनअघि मुआब्जा निर्धारण समिति गोरखाले मुआब्जा तय गरिसकेको सो क्षेत्रका सांसदहरु राजेन्द्रप्रसाद पाण्डे, चीनकाजी श्रेष्ठ, कृष्ण धिताल, गङ्गालाल तुलाधर, कमला पन्त, गुरुप्रसाद बुर्लाकोटी, छमबहादुर गुरुङ, धनबहादुर घले, दिलमान पाख्रिन र परर्शुराम तामाङले धैर्यता राख्न आग्रह गरेका छन्।

उनीहरुले बुधबार एक विज्ञप्ति प्रकाशन गरी सो क्षेत्र जनताको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

विज्ञप्तिमा वार्ताद्वारा नै समाधान गर्न सकिने भएको हुँदा संयमतापूर्वक आफ्ना माग सम्बन्धित निकायमा प्रस्तुत गर्दै समस्या समाधान गर्नेतर्फ प्रभावित क्षेत्रका जनता र सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ। रासस

प्रकाशित: २२ मंसिर २०७३ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App