७ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनी प्रदेशका सभामुख र आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ। बिहीबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि सभामुख घर्तीको शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो।

सरकारी प्रयास फिक्का: कोरोना संक्रमण दर तीव्र

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने ज्वरोका बिरामीलाई सिटामोलको सहज व्यवस्था र सास फेर्न गाह्रो भएकालाई अक्सिजन सहज ढंगले कसरी उपलब्ध गराउन सकिन्छ भन्दै हाल क्षमता अभिवृद्धिको प्रयास भइरहेको बताउँछन् ।

सात सय कैदीबन्दीमा संक्रमण

देशभरका विभिन्न कारागारमा रहेका सात सयभन्दा बढी कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

संक्रमण बढेसँगै सार्वजनिक यातायातमा कडाइ

यातायात व्यवसायीले कोभिड १९ महामारीका बेला सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पूर्ण रूपमा पालना नगर्दा संक्रमणको जोखिम बढेको भन्दै सरकारले निर्देशिका कार्यान्वयनमा कडाइ गर्ने भएको छ।मुलुकमा दैनिक दुई हजारभन्दा बढी संक्रमित देखिन थालेसँगै सरकार कडाइका साथ निर्देशिका लागू गर्न कस्सिएको हो।

थप खतरामा उपत्यका

सरकारको क्षमताभन्दा बढी बिरामी भएमा व्यवस्थापन गर्न सकिने अवस्था छैन। स्वास्थ्यले पहिल्यै २५ हजार पुगेपछि लकडाउन गर्नुपर्ने सुझाव दिइसकेको छ, तर लकडाउन गर्ने वा नगर्ने अरुको निर्णय हो।

सर्वोच्चका न्यायाधिश र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

सर्वोच्च अदालतका न्यायाधिशलगायत केही अधिकृत र कर्मचारीमा कोराना संक्रमण देखिएको छ। सर्वोच्च अदालतले सूचना जारी गर्दै न्यायाधीशहरु लगायत केही अधिकृत र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको सूचनामार्फत जानकारी दिएको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले शनिवार ट्विटमार्फत आफूलाई कोभिड-१९ पोजिटिभ भएको जानकारी दिएका छन्।

दसैंमा कोरोना संक्रमण गाउँ–गाउँमा फैलिन सक्छ

कोरोना संक्रमणको दर वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वृद्ध र जोखिम समूहलाई जोगिन र जोगाउन अनुरोध गरेको छ। तर आफ्नो नियन्त्रण रणनीति भने अघि सारेको छैन।

धनकुटा पुनः कोरोना संक्रमण शून्य जिल्ला

धनकुटा जिल्ला पुनः कोरोना संक्रमणमुक्त जिल्ला भएको छ। जिल्लामा रहेका सबै संक्रमित निको भएपछि सुंक्रमण शून्य भएको हो। धनकुटामा पिसिआर विधिबाट २ हजार १६३ जनाको कोरोना परीक्षण गरेका मध्य ४५ जनाको पोजेटिभ देखिएको थियो।

उपत्यकामा संक्रमण बढेको बढ्यै, खै नियन्त्रण योजना ?

देशभर १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडाैं उपत्यकामा १० हजार चार सय २९ जना छन् । सरकार भने संक्रमण नियन्त्रणका लागि ठोस काम गर्नुको सट्टा जनतामाथि दोष लगाएर उम्किन खोजिरहेको छ ।

कसरी भयो प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंहलाई कोरोना संक्रमण?

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले ज्वरो आउने, घाँटी खस–खस गर्नेलगायत समस्या बढेपछि शिक्षण अस्पताल महाराजगन्जमा पिसिआर परीक्षण गराएकी थिइन्। ‘लक्षण नै देखिएपछि परीक्षण गराएँ, रिपोर्ट पोजेटिभ आयो,’ उनले भनिन्। जोखिम ठाउँमा काम गर्नुपर्ने भएकाले डा. सिंहले यसअघि नै तीनपटक पिसिआर परीक्षण गराइसकेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्