२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सिटिजन लाइफद्वारा मृत्यु दाबी भुत्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बाल भविष्य योजनाअन्तर्गत मृत्यु दाबी भुक्तानी बापत तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

फोहोरमैला बोक्ने ट्रिपरको ठक्करले एक बालकको मृत्यु

फोहोरमैला बोकेको ट्रिपर गाडीको ठक्करले सिसडोलमा एक बालकको ज्यान गरेको छ। ललितपुरको नेपाल विकास अभियानको फोहोरमैला बोक्ने बा४ख ९६४७ नम्बरको ट्रिपरको ठक्करले ककनी गाउँपालिका वडा नं २ का १३ वर्षीया सञ्जोक नेपालीलाई मंगलबार बिहान ठक्कर दिएर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते नेपालीको धपासीस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी प्रभाग तिनपिप्लेले जनाएको छ।

चट्याङ् लागेर एक जनाको मृत्यु

प्रहरीका अनुसार गएराति नौ बजेतिर चट्याङले लाग्दा रोल्पा माडिपा ५ सरुवाका स्थानीय बिसमलि दमाईको छोरा २७ वर्षीय ज्वती परियारको मृत्यु भएको हो।

बारा र पर्सा हुन्डरीको बबन्डर

आइतबार साँझ आएको भीषण हुन्डरीले बारा र पर्सामा घर भत्काउँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ। बारामा २६ र पर्सामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

हावाहुरीमा मृत्यु हुनेहरूको सनाखत (नाम सहित)

बारा – पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २६ जनाको नाम सार्वजनिक गरेको छ। मृतकहरुको शव नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, नेसलन मेडिकल कजेज, कलैया अस्पताल लगायतमा राखिएको छ।

हावाहुरीका कारण एकै परिवारका चार जनाको मृत्यु

भीषण हावाहुरीका कारण बारामा एकै परिवारका चार जनाको ज्यान गएको छ। फेटा गाउँपालिका पुरैनियामा इजहार मियाको श्रीमती, बुहारी र नातिनी गरि चार जनाको ज्यान गएको स्थानीय फैयाज आलमले बताए।

बारा, पर्सामा हावाहुरीको वितण्डा (फोटो फिचर)

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो।

हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २८ पुग्यो, उद्दारमा तीनै सुरक्षा निकाय परिचालन

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो।

काठमाडौँकाे लागि छुटेकाे जीप दुर्घटना, ६ जनाको मृत्यु

ओखलढुंगाको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०७ नंम्बरको जीप भडारेखोलामा दुर्घटना भएको हो।

दुई मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

विपरित दिशावाट आउँदै गरेको मोटरसाइकल ठोक्किदा आइतवार विहान तीन जनाको मृत्यु भएको छ।

लडेर एकको मृत्यु

खोटाङको –५ चिसापानीका ८७ वर्षीय नीरबहादुर राईको लडेर मृत्यु भएको छ। घरभन्दा केही टाढा गएर फर्कने क्रममा बिहीबार साँझ लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

निर्दयी ट्याक्सीचालक, बिरामीलाई सडकमा छाड्दा ज्यान गयो

ग्राहकलाई भगवान् मान्ने ट्याक्सीचालकले नै बिरामी यात्रुलाई ट्याक्सीबाट निकालेर सडकमै फालिदिन्छन् र यात्रुको मृत्यु हुन्छ भन्ने सायदै सोचिन्छ। बाटो नदेखे वा निश्चित गन्तव्यसम्म जान ट्याक्सी प्रयोग गरिन्छ। त्यसैले ट्याक्सीलाई सुरक्षित सवारीसाधन पनि मानिन्छ। तर बुधबार भने एक चालकले ट्याक्सीमा बिरामी भएका यात्रुमाथि कसैले नसोचेको संवेदनाहीन व्यवहार गरे। जसका कारण यात्रुको ज्यान गयो।

घर भत्किँदा श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

जुम्लामा निर्माणाधिन घर भत्किदा एक जनाको मृत्यु भएको छ।  गुठिचौर गाउँपालिका ५ धिताचौरमा बनाउँदै गरेको घर भत्किदा चन्दननाथ नगरपालिका ५ का ५१ बर्षिया रत्नराज गिरीको मृत्यु भएको हो भने उनकी ४९ बर्षिया पत्नी हरिदेबी गिरी गम्भीर घाईते छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्