समाज
समाज
हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २८ पुग्यो, उद्दारमा तीनै सुरक्षा निकाय परिचालन
रौतहट- बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो।
हावाहुरीका कारण ४ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको छ।
उपचार र उद्दारमा सुरक्षाकर्मी र स्थानीय खटिरहेको डिआइजी पालले बताए। 'घाइतेको उपचार र उद्दारमा कुनै कमि आउन नदिन हामी लागिरहेका छौ', पालले भने। उद्दारको लागी तीनै सुरक्षाकर्मी परिचालन गरिएको छ।
घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गर्दै उद्दार र उपचारमा कमि आउन नदिन निदर्देशन दिइसकेका छन्। उद्दारको लागि सरकारले हेलिकप्टरको व्यवस्था गरेको छ।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%