१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित

भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ।

चार वर्षमा दुई हजार महिलाका पाठेघरको शल्यक्रिया

कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्।

१० अर्बका नक्कली बिलमा २ हजार फर्ममाथि छानबिन

राजस्व छल्ने नियतले नक्कली तथा झुटा बिजक प्रयोग गरी कारोबार गर्ने करिब दुई हजार व्यावसायिक फर्ममाथि सरकारले छानबिन अघि बढाएको छ। ती फर्मले करिब १० अर्ब रूपैयाँको नक्कली बिल प्रयोग गरेर राजस्व छलेको अनुमान गरिएको छ।

दुई हजार किलो माछा नष्ट

चितवनमा अवैध रूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।

तीन वर्षपछि नेपाली र चिनियाँ अधिकारीबीच बैठक

कोरोना महामारीका कारण नेपाल र चीनका सुरक्षा अधिकारीबीच तीन वर्षपछि औपचारिक बैठक बसेको छ।

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना संक्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।

कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न मितिमा अदालतबाट कैद र जरिवाना भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ।

चितवनमा दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किन

चितवन जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको हो।

काफल बेचेर दैनिक दुई हजार कमाइ!

तरकारीका उत्पादनले कहलिएको गुराँसे अहिले काफल पाउने लेकका रूपमा चिनिएको छ। गुराँसेका किसानले टिपेका ताजा काफल वीरेन्द्रनगरका चोकचोकमा २५ वर्षीय युवा हिमाल ढकालले डुलाउँछन्।

दुई हजार ३ सय विद्यालयमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन्।

एमाले महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने

एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जानकारी दिए।

भारतमा कोरोना: २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति सङ्क्रमित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्