कर्णालीमा जताततै आगलागी
कर्णालीमा १ वर्षको अवधिमा आगलागीका घटनामा परी ११ जनाको ज्यान गएको छ भने १ अर्ब ६४ करोड ५४ लाख रूपैयाँबराबरको धनमाल क्षति भएको छ।
कर्णालीमा १ वर्षको अवधिमा आगलागीका घटनामा परी ११ जनाको ज्यान गएको छ भने १ अर्ब ६४ करोड ५४ लाख रूपैयाँबराबरको धनमाल क्षति भएको छ।
विश्वासको मत नपाए मुख्यमन्त्री शाही नेतृत्वको सरकार विस्थापित भई नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। मुख्यमन्त्रीले विश्वासको मत लिनलाई प्रदेशसभाका २० सदस्यको मत पाउनुपर्छ तर प्रदेशसभामा उनको दल नेकपा (माओवादी केन्द्र) का १२ सदस्य मात्र छन्।
कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुपले पारित गरेको हो । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पनि बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने नगर सभाबाट पारित गराएको थियो ।
कर्णाली प्रदेशमा शक्तिशाली भूमि आयोग गठन गर्न सरोकारवालाले माग गरेका छन् ।
असार सकिन लाग्दा कर्णाली प्रदेशमा ५७ प्रतिशत मात्रै रोपाई भएको छ। क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार साविकको कर्णालीका डोल्पा र जुम्लामा रोपाई सम्पन्न भएको छ। समयमै पानी नपर्दा सुर्खेत र दैलेखमा एक तिहाई मात्रै रोपाई भएको छ।
दैविक शक्ति देखाउने भन्दै कर्णाली नदीमा हामफालेका दुई जना झाँक्रीको आइतबार विहान मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ६१ वर्षिय मानसिंह विष्ट र ५३ वर्षिय जय बहादुर विष्ट रहेका छन्।
कर्णाली प्रदेशको नामांकन गरि राजधानीको टुंगो लगाएसँगै कर्णालीमा समृद्धिको आशा पलाएको छ। कर्णालीको प्रदेश सरकारले भौगोलिक रुपमा विकट मानिएको कर्णाली अनुकूलको योजना बनाएर समृद्ध कर्णाली प्रदेश बनाउनेमा कुनै शंका छैन। कर्णालीको रोग, भोग, अशिक्षा, पछौटेपन हटाएर सुखी र खुसी प्रदेश स्थापनामा जोड दिने जुम्लाका स्थानीय जयबहादुर बुढा बताउँछन।
कर्णालीका हुम्ला, जुम्ला, मुगु डोल्पा र कालिकोट जिल्लामा मंगलबार रातीदेखि हिमपात सुरु भएको छ। खडेरीले किसानहरु चिन्तित भएको बेला एक्कासी हिमपात भएको हो। किसानहरु पानी र हिमपात हुँदा खुसी छन्।
कर्णालीमा पछिल्लो समय पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेशन हुँन थालेको छ। सामान्य रोगको संक्रमण हुँदा सुर्खेत र नेपालगंजका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जानुको विकल्प नरहेका स्थानियलाई अब केहि राहत मिलेको छ।
६ नम्बर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै जुम्लामा आजदेखि आन्दोलन शुरु भएको छ । पहिलो दिन नागरिक समाजको अगुवाईमा सदरमुकाम खलंगामा जुलुस निकालिएको हो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयबाट शुरु भएको आन्दोलन विजयनगर हुँदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर कोणसभामा परिणत भएको थियो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा द्वन्द्वकालका घाइतेहरुको निःशुल्क उपचार शुरु भएको छ । द्वन्द्वकालका घाइतेले उपचार नपाउँदा निकै सास्ती व्यहोरिरहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति कोषको सहकार्यमा द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार सेवा शुरु भएको हो।
कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजना युवकको खोजी कार्य जारी छ। मोहन्याल गाउँपालिका पितमारी नजिकै हिजो साँझ ५ बजेतिर नदीमा नुहाउने क्रममा टीकापुरका काका भतिजा बगेर बेपत्ता भएका हुन।
र्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। दुई वटा नदीमा पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।
जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन् ।
जुम्लामा तेस्रोपटक हिमपात भएको छ। पुस महिनामा सामान्य रुपमा दुईपटक हिउ परेपनि माघ महिनामा सबैभन्दा ठूलो हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्येरातदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ। दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।