१२ मंसिर २०८१ बुधबार
image/svg+xml

स्वेच्छिक अवकाशमा जान ५ हजारको निवेदन

सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालेको छ।

स्वेच्छिक अवकाशका तीन हजार ७ सय ४८ कर्मचारीको निवेदन

करिब चार हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन्। सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब तीन हजार ७४८ हजारले निवेदन दिएको मन्त्रालयका स्वेच्छिक अवकाश एकाई शाखाका प्रमुख धर्मराज रोकायले जनाकारी दिए।

१ सय जनाले संयुक्त हस्ताक्षर सहित निवेदन दिए प्रदेश सभामा छलफल हुने

प्रदेश नम्बर ३ को प्रदेश सभा नियमावली २०७४ को मस्यौदालाई प्रदेशसभा बैठकले सर्वसहमत स्वीकृत गरेको छ। मस्यौदामा संसोधन दर्ता नभएपछि सोमबार बसेको प्रदेश सभा बैठकले सर्वसहमत पास गरेको हो।

सम्बन्धविच्छेद : निवेदन दिनेमा महिला बढी

चालू आर्थिक वर्षमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको उजुरी दिनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । जिल्ला अदालतले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि माघसम्मको सात महिनाको अवधिमा सम्बन्धविच्छेदका एक सय ८० भन्दा बढी उजुरी परेका छन् । उजुरी दिनेमा अधिकांश महिला छन् भने पुरुषको संख्या एक÷दुई प्रतिशत मात्र रहेको छ । अधिवत्ता रञ्जिता थापा भन्छिन्, ‘सम्बन्धविच्छेदका मुद्दा लिएर आउनेमा महिलाको संख्या बढी छ । यसो हुनुको विभिन्न कारण छन्।

प्रधानन्यायाधीशकाे नागरिकताबारे जानकारी माग्दै डा. केसीको निवेदन

प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीको नागरिकताको सम्बन्धमा जानकारी माग्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा  निवेदन दिएका छन्।

थारु सांसद माग गर्दै आयोगमा निवेदन दर्ता

प्रदेश नम्बर २ मा थारु प्रतिनिधिको माग गर्दै माओवादीका थारु नेताहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनीहरुले प्रदेश नम्बर २ मा थारुहरु प्रतिनिधिहरु शून्य हुनेगरी पार्टीले प्रतिनिधि चयन गरेको भन्दै निवेदन दर्ता गराएका हुन् ।

ढुंगेललाई पक्राउ नगरेको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा

सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद फैसला गरेका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई विपक्षी बनाउँदै मंगलबार सर्चोच्चमा अवहेलना मुद्दा दायर गरेका हुन्। मुद्दामा न्याय प्रशासन ऐन २०७३ दफा १७ अनुसार महानिरीक्षक अर्याललाई हदै सम्मको कारबाहीको माग गरिएको छ।

पन्चानब्बे वटा राजनीतिक दल दर्ताको निवेदन

आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।

महाभियोग प्रस्ताव निष्क्रिय बनाउन निवेदन

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव निष्त्रि्कय गराउन प्रस्तावक र सर्मथकले निवेदन दिएका छन्। वैशाख १७ गते दर्ता भएको महाभियोग प्रस्ताव प्रस्तावकले अघि नबढाउन निवेदन दिएपछि स्वतः निष्त्रि्कय हुने भएको छ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन निवेदन

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदीय प्रक्रियामा अगाडि नबढाउन निवेदन दिएका छन्।

डिआईजी सिलवाल रिहाई माग गर्दै बन्दी प्रत्यक्षीकरण निवेदन

डिआईजी नवराज सिलवाललाई गैरन्यायिक रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ। निवेदन पेशी आजै राखिएको र सो रिटमा आजै आदेश गर्ने तयारी सर्वोच्चले गरेको छ।

दोस्रो किस्ताको निवेदन दिने ४.६ प्रतिशत मात्र

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई दोस्रो किस्ता अनुदानका लागि निवेदन दिन तोकेको समयसीमा मंगलबार सकिएको छ। समयसीमा सकिए पनि ९४.४ प्रतिशत भूकम्पपीडितले निवेदन दिएनन्।

सदस्यताबारे सूचना माग गर्दै पत्रकार महासंघमा निवेदन

नेपाल पत्रकार महासंघमा सदस्यताबारेको विवाद बढ्दै गएको बेला आइतबार पत्रकार रामप्रसाद दाहालले सदस्यता वितरणबारेको सूचना माग गरेका छन्।

लाइसेन्स खोलेको खबरअघि नै डेढ दर्जन निवेदन

ऊर्जामन्त्री जनार्दन शर्माले बुधबार मध्याह्नतिर सरकारको बास्केटमा रहेका डेढ सय जलविद्युत् आयोजनाको लाइसेन्स (अध्ययन अनुपतिपत्र) खोल्नेसम्बन्धी निर्देशिकामा हस्ताक्षर गरे।

बूढीगण्डकी जलविद्युत् अायोजनाः मुआब्जा लिन दुई सय २६ को निवेदन

बूढीगण्डकी जलविद्युत आयोजनाबाट मुआब्जा लिन २ सय २६ जग्गाधनीले निवेदन दर्ता गराएका छन् । आयोजनाले पहिलो चरणमा घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसको २ हजार कित्ता अधिग्रहण गर्न ३५ दिने सूचना जारी गरेको सोमबार अन्तिम दिन हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्