२६ आश्विन २०८१ शनिबार
image/svg+xml

अभिलेख खोज्दै जाँदा मनको बाघले खाको दिन

अक्षय मल्लले विवाह गरेर अछाम दाइजो स्वरूप पाएको इतिहासको जनविश्वास नकार्न सकिदैन । उसबेलाका थर सम्बन्धमा खोजी गर्दा राजाले दिएका थर र हारेका राजाका थर लेख्ने र संवाद लेख्ने चलनले अक्षयको विवाह सिजापति राज कन्यासंग भएको हुन सक्ने कुरा नकार्न सकिदैन।

अहंको जाँतो

आज एउटा विश्वास टुट्दै छ एउटा सम्बन्ध फुट्दै छ अदालतको सुनसान कोठा मानिसहरू एउटा सम्बन्ध जलाउन प्रतिक्षारत छन् जब श्रीमानले फैसला सुनाउन कलम समाते एउटा नौजवान नशाको सुरमा पाइलाहरू लर्खराउँदै न्यायाधीसका नजिक उभिन पुगे श्रीमान् बर्सौदेखि म मेरा बाबुआमा खोजिरहेछु तपाईंले देख्नुभयो कि !

हुतीहाराहरू हो

पुर्खाको कति गर्नु अद्भुत कुरा बोकेर हिँड्थे रुख एक्लैले खनजोत फाँट नि गरे के दुःख के हो सुख फोर्थे पर्वत हातले गजबले बाटो बनाए कति हातै डोजर दर्बिला पनि थिए मुट्की बजार्दा अति ।

ठूलो मान्छे

कार्यक्रम प्रारम्भ हुनै थाल्दा प्रमुख अतिथि हात जोड्दै सबैसँग बिदा माग्न थाले, भने – ठूलो मान्छे हुनु पनि गाह्रो छ । हु्न्न भनूँ साथीहरू रिसाउने, जाउँ भ्याईनभ्याई हुने । अझै दुई वटा कार्यक्रममा प्रमुख अतिथि हुन जानु छ, यहाँका लागि निर्धारित समय सकियो, त्यसैले बिदा पाऊँ ।

म कुन गीत गाऊँ

अहिले अवस्था ठिक्क उल्टो भयो , हेर न सानु । बुवाआमा बुढाबुढी हुनुभो । बच्चाजस्तै पो हुनुभएछ । बाटो हेरी बस्नुहुन्छ अरे । कहिले त आँसु झार्नुहुन्छ अरे। म के लिएर जाऊँ, कुन गीत सुनाऊँ र फुल्याऊँ बाबु ।

यदुनाथ खनाल र नेपालको कूटनीतिक विश्वसनीयता

नेपालका अति विशिष्ट विद्वान् कूटनीतिज्ञ यदुनाथ खनालको सम्झना गर्दा स्वभावतः वर्तमान नेपालका कूटनीतिका केही चुनौतीपूर्ण प्रश्नबारे सचेत हुन पुगिन्छ। सबैभन्दा ठूलो प्रश्न भनेको ‘दुई ढुंगाबीचको तरुल’ भनिने हाम्रो देश नेपालको संवेदनशील कूटनीतिको व्यवस्थापन र विश्वसनीयताको प्रश्न नै हो। अहिले यो प्रश्न हाम्रा तीन अति महत्वपूर्ण मित्रराष्ट्र (भारत, चीन र अमेरिका)सित बढी टड्कारो रूपमा जोडिन आएको छ।

बलिउडमा परवीन बाबीको ‘टाइम’

नेपाली चलचित्र ‘सन्तान’को मुहूर्त हुँदाको तस्बिर चलचित्र पत्रकार विजयरत्न तुलाधरले मलाई पठाए। त्यतिबेला म बम्बईमा थिएँ। उनले तस्बिरसहितको पत्रमा लेखेका थिए, ‘नेपाली चलचित्रमा पनि एक नायिका आइन्, परवीन बाबी भन्न सुहाउने।’

के गरेको त्यस्तो

सबैले उछितो काढेपछि विषयान्तर भयो । आजको एजेन्डा यो थिएन । तपाईं सबैको मन राख्नैका लागि भा नि म मिलाउँछु भनी मुस्कान बाजेले बैठक अनिश्चितकाल स्थगित गरे । अनि बैठकको आशमा बसेका आलोचकहरूलाई आक्षेप लगाएर भने – छिमेकीको उक्साहटमा मेरो विरोध उरालिएको छ।

सभ्यताको मूलथलो

समृद्धिका फूलहरू फुलाउनलाई जुट्नुपर्छ, धेरै सुत्यौ निद्राबाट अब हामी उठ्नुपर्छ । हिरामोती सुन फल्ने नेपालको प्रकृति यो, सभ्यताको मूलथलो सुन्दर हाम्रो नेपाल हो ।

अथक गरियो प्रयास , तर्न सक्छु कि आफै

अथक गरियो प्रयास , तर्न सक्छु कि आफै , अप्ठेरोमा पर्दा मिलाई , झर्न सक्छु कि आफै। नअट्काउ मलाई , कोसिस गरी बढ्नु छ, राम्रो – नराम्रो प्रचार नै , गर्न सक्छु कि आफै।

पर्खाल

आकाशमा बादलहरू फाट्छ र झरी पर्छ भुईंमा ज्वालामुखी फुट्छ र पहाड उठ्छ आकाश भुईंसम्म झरेर अँगाल्न सक्दैन भुईंलाई भुईं आकाशसम्म उठेर सुम्सुम्याउन सक्दैन आकाशलाई हेर न एउटै ब्रह्माण्डभित्र पर्खाल छ आकाश र भुईं बिच पर्खाल छ तिमी र म बिच ।

योगी हुन्छु

तिमी जाउ आर्यघाट जहाँ बागमतीको जलले चिताको भष्म पखाल्न सकिन्छ आर्यघाटको एउटा वेदीमा । तिम्रा भाइबन्धुले तिम्रो मृत्युपछि त्यो वेदी नलिएलान् त्यसैले तिम्रो प्राण छँदै चिता भष्म हुन तिमी आर्यघाट जाऊ ।

खिचडी

केही समयपछि भान्साभित्र हल्लाखल्ला, भागदौड, तँछाडमछाड मच्चियो । के भयो भनी सबै भान्सामा छिरे । अगस्ति नाइकेहरू लुछाचुँडी, छिनाझपटी गर्दै भाँडो समातिरहेका थिए । अग्लो कद भएकाले गिद्धले झै मुन्टो ठड्याउँदै भन्यो – के पाकिरहेछ भनेको त सत्ताको खिचडी पो !

पालो

पर्यटकको जवाफ सुनेर प्रविना निकै सोचमग्न भइन् । उनले फेरि हजुरआमालाई सम्झिइन् । उनले धेरैपटक हजुरआमा बाख्रोको छेउमा बसेर बाख्रालाई केही भनिरहेको देखेकी थिइन् । लौरो टेक्दै गएर हजुरआमाले अम्बा र कागतीको बोट सुमसुम्याउँदै बोलेको सुनेकी थिइन् ।

नियाग्रा फल्स र क्यानाडा

क्यूबेक मन्ट्रेलभन्दा भिन्न किसिमको लाग्यो । यहाँ पनि टुरिष्टहरू प्रशस्त आउने गर्दा रहेछन् । प्राय सबै टुरिष्टहरू मन पराउने एउटा यस्तो स्ट्रिट रहेछ जहाँ ट्राफिक प्रवेश निषेध गरिएको रहेछ । सडकैभरि मेला लागेको जस्तो देखिन्थ्यो । हाम्रो जात्रामा हुने भिडजस्तै हुँदो रहेछ । विभिन्न किसिमको खेल, नाचगान भई नै रहँदो रहेछ । प्रदर्शन कर्ताहरूको पनि पालैसंगको समयमा स्थान पाएका हुँदा रहेछन् । निर्धारित समय सकिएपछि फर्किनुपर्ने हुँदो रहेछ । मेरो खुट्टा दुःख्ने कारणले गर्दा सबै ठाउँहरूमा पैदल पुग्न नसकिएकोले मेरो कारणले गर्दा छोराछोरीले ती स्थानहरूको अवलोकन गर्न नपाएकोमा मलाई जरुर दुःख लाग्दथ्यो । स्कटल्याण्डको एडिनवशमा घुम्दा पनि मेरो कारणले अरूहरू पनि जानैपर्ने स्थानहमा जान नपाएकोमा मलाई दुःख लागेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्