coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ठूलो मान्छे

लघुकथा

 शनिबारको दिन साहित्यिक कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइएका  उनी समय अगावै पुगे । सहभागीभन्दा पहिले अतिथि पुग्दा आयोजक असहज महसुस गरिरहेका थिए । तैपनि आफ्नो तयारीमा जुटिरहे ।

दर्शक, स्रोता र सहभागीको आगमनसँगै बिस्तारै हल भरिन थालेपछि आयोजकले राहत महसुस गरे।

आसन ग्रहणको क्रम प्रारम्भ भयो । अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि , वरिष्ठ लेखक, विद्वान समालोचक  आदिलाई तिनको परिचय दिंदै आसन ग्रहण गराउँदा र खादा मालाले स्वागत गर्दा केही समय लाग्यो।

कार्यक्रम प्रारम्भ हुनै थाल्दा प्रमुख अतिथि हात जोड्दै सबैसँग बिदा माग्न थाले, भने – ठूलो मान्छे हुनु पनि गाह्रो छ ।  हु्न्न भनूँ साथीहरू रिसाउने, जाउँ भ्याईनभ्याई हुने । अझै दुई वटा कार्यक्रममा प्रमुख अतिथि हुन जानु छ, यहाँका लागि निर्धारित समय सकियो, त्यसैले बिदा पाऊँ ।

यति भनिसक्दा उनी मूलद्वारमा पुगिसकेका थिए ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App