८ वैशाख २०७८ बुधबार
कला

म कुन गीत गाऊँ

लघुकथा

 बिहान एकाएक छाती  गरुंगो भो । म रोएको  रहेँछु । आँसु बर्बरी खसेको रहेछ एकातर्फ । ताप्केमा चिया भकभकी उम्लिएर पोखिएछ।

छोरो एकोहोरो मैँतर्फ हेरिरहेको । केही बोल्दैन थ्यो । त्यता पनि ध्यान रहेनछ । सम्झना पनि नि कति पुरानो हो छोरा ।  मैले खै कति बेला बोलेँछु।

भन्दै रहेँछु – आमाले कुटी, बाबाले कुटी ,कान्छी कलैमा , फेरि पनि कुटी भने जान्छु लेलैमा 

रेलैमा।

छोरो छेवैमा आयो र भन्यो – के भन्नुभएको ममी ?

– के भनेँ र मैले बाबु  !

उस्ले यही दोहोर्यायो । आमाले कुटी ।

म हाँसेँ । छोराको अनुहार उज्यालो भो। मैले भने – यो गीत हो । मैले मेरो बुवालाई सुनाउने गरेको हो । बुझ्यौ ?

मैले आफ्नो बाल्यकाल सम्झाउँदै भनेँ –  म एकदमै बदमास थिएँ । कहिले के कहिले के चलाएर काम बिगार्थेँ रे । दिक्क लाउँथेँ आमालाई। त्यसै निहुँमा कहिलेकाहीँ आमाले अलि सारो गरी बोलेर ‘बदमास केटी’ भन्नुहुन्थ्यो । मलाई यतिमै काम पुग्थ्यो।  

म रोएरै बसिरहन्थेँ । जबसम्म बुवा आउनु हुन्न थ्यो र मलाई फुल्याउनु हुन्न थ्यो ।

सम्झिन्छु – बुवाले आफ्नो माथिल्लो जेबीमा चकलेट राख्नुभएको हुन्थ्यो । त्यो देखाएर यो सबै नानीको हो भनेपछि मुठीभरि चकलेट लिएर आमानिर जान्थेँ । आमाले फकाएर खाना खुवाउनुहुन्यो र आँसु पुछिदिनुहुन्थ्यो ।

मेरो आँसु सबै सुकेको हुन्थ्यो।

सम्झिदैछु । बुबाको त्यो ममता प्यार आमाको माया। 

अहिले अवस्था ठिक्क उल्टो भयो , हेर न सानु । बुवाआमा बुढाबुढी हुनुभो । बच्चाजस्तै पो हुनुभएछ ।  बाटो हेरी बस्नुहुन्छ अरे । कहिले त आँसु झार्नुहुन्छ अरे। म के लिएर जाऊँ,   कुन गीत सुनाऊँ  र फुल्याऊँ बाबु ।

मेरो कुरा सुनेर छोराले भन्यो –हजुरले गाउने गीत नै सनाउनु न ममी मलाई त मन पर्यो । चकलेट लिएर जानु ।

प्रकाशित: १५ फाल्गुन २०७७ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?