२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

योगी हुन्छु

कविता

तिमी जाउ आर्यघाट  

जहाँ बागमतीको  जलले

चिताको   भष्म पखाल्न सकिन्छ  

आर्यघाटको एउटा वेदीमा ।

तिम्रा भाइबन्धुले  

तिम्रो मृत्युपछि त्यो वेदी नलिएलान्  

त्यसैले  

तिम्रो प्राण छँदै

चिता  भष्म  हुन तिमी आर्यघाट जाऊ ।

आर्यघाटको वेदी नजिकै जाऊ

जहाँ  अन्तिम प्राणवायुपछि

तिम्रो दाहसंस्कार त्यहीं  होस् ।

त्यो दिन गन्दै  

भष्म हुन तिमी आर्यघाटको वेदी ओगट ।

नत्र तिम्रा पुत्र अनुज बन्धुहरूले

तिमीलाई फोहर फ्याँक्ने खाल्डोमा  

डोजर लाएर पुर्न सक्छन् ।

तिमी जाऊ आर्यघाट

म जान्छु कहीँ  

योगी हुन्छु ।  

प्रकाशित: १३ फाल्गुन २०७७ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App