२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

अथक गरियो प्रयास , तर्न सक्छु कि आफै

गजल

अथक गरियो  प्रयास , तर्न सक्छु कि आफै ,

अप्ठेरोमा पर्दा मिलाई , झर्न सक्छु कि आफै ।

 

नअट्काउ  मलाई , कोसिस  गरी  बढ्नु  छ ,

राम्रो – नराम्रो प्रचार  नै , गर्न  सक्छु  कि आफै।

 

चाहेर  यहाँ  पाइएन , भए  नि म निराश ,

मायाको  बीउ  मैले , छर्न सक्छु कि आफै।

 

आकाशे फल हेरी , फाइदा हुँदैन हाम्लाई,  

अर्काले  गरेको कुकर्म , भर्न सक्छु कि आफै।

 

निराश भए सुने देखि , हतासै  भइयो  झनै  

नाकामी भई बाँच्नुभन्दा, मर्न सक्छु कि आफै ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App