– के गरेको त्यस्तो नाइके भएर पनि । आफ्नै प्रस्तावमा सर्वसम्मतिले बनेको विधान मिच्ने । उहीँ तहका नाइके जागे ।
– के पारा हो तपाईंको ! यो गणतान्त्रिक लोकतान्त्रिक व्यवस्थामा मनपरी गर्न पाइन्छ ! बलजफ्ती दोस्रोमा झारिएका कड्के।
– चलिरहेको संसद् बन्द गरेर आदेश ल्याउने । राजा महाराजा बन्ने ! तपाईंलाई यस्तो गर्न सुहाउँछ ! अन्तरघातबाट आहत भाइ नाइके ठुस्के ।
तुरुन्तै दुवै आदेश फिर्ता लिनुस् नत्र ...! युवा भनिएका प्रौढ वयमा रमाएका केही कस्सिए ।
सबैले उछितो काढेपछि विषयान्तर भयो । आजको एजेन्डा यो थिएन । तपाईं सबैको मन राख्नैका लागि भा नि म मिलाउँछु भनी मुस्कान बाजेले बैठक अनिश्चितकाल स्थगित गरे । अनि बैठकको आशमा बसेका आलोचकहरूलाई आक्षेप लगाएर भने – छिमेकीको उक्साहटमा मेरो विरोध उरालिएको छ।
प्रकाशित: १४ फाल्गुन २०७७ ०९:४२ शुक्रबार