२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

कपिलवस्तुमा सडक दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तुमा छुट्टा छुट्टै दुई स्थानमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ।दुवै जनाको शुक्रवार साँझ मृत्यु भएको हो।कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कटुवा र वडा नम्बर ६ निगालीकोटमा भएको सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

सवारी दुर्घटनामा १७ वटा भैँसी-पाडा मरे

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो।

दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

बागलुङमा जीप दुर्घटनामा एक जनाको मृत्यु

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

गोरखा जिप दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत (अपडेट)

गोरखामा जिप दुर्घटनामा परी ज्यान गुमाएका चार पुरुष र एक महिलाको पहिचान खुलेको छ।

सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्व नगरप्रमुख गिरीको निधन

गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ।

दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।

मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो

२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्