८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा १७ वटा भैँसी-पाडा मरे

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।  

कपिलवस्तुको बहादुरगञ्जबाट काठमाडौँको आउँदै गरेको ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परी पल्टिन जाँदा ट्रकमा लोड गरिएका ३६ वटा भैँसी र पाडामध्ये १७ वटा भैँसी र पाडा मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।

दुर्घटनामा मानवीय क्षति नभएको र ट्रकमा रहेका १९ वटा भैँसी-पाडा जीवितै रहेको उनले बताए। मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको जनाइएको छ।

प्रकाशित: १२ भाद्र २०८० ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App