२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बागलुङमा जीप दुर्घटनामा एक जनाको मृत्यु

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

 जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ। विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ।

प्रकाशित: १० असार २०८० ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App