१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखा जिप दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत (अपडेट)

गोरखामा जिप दुर्घटनामा परी ज्यान गुमाएका चार पुरुष र एक महिलाको पहिचान खुलेको छ। 

मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४  वर्षका धनबहादुर थापा रहेको उद्धारमा खटिएका प्रहरीले बताएका छन् ।

सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो।  

दुर्घटनामा परी घाइते भएका ११ जनाको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एक जनालाइ चितवन रिफर गरिएको  प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।  

 

यो पनि पढ्नुहोस्

गोरखामा जिप दुर्घटनाः पाँच जनाको  घटनास्थलमै मृत्यु, १२ जना घाइते

 

प्रकाशित: ८ असार २०८० ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App