२० आश्विन २०८१ आइतबार
image/svg+xml

समुदायमा कोरोना देखिएपछि निषेधाज्ञा

समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि दैलेखको ठाँटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले समुदायमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विहीबार दिउँसो १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको बताए।

'खुकुलोपनाले भाइरस फैलिन सक्छ'

‘भेन्टिलेटर र संघन उपचार कक्षको व्यवस्थापन महत्वपूर्ण त हो तर त्यसमा भन्दा क्वारेन्टिन सेन्टर, अक्सिजन, समुदायको शिक्षा र परिचालन, जनस्वास्थ्यमा सुशासन तथा तथ्यांक व्यवस्थापनमा ध्यान दिन जरुरी छ’

कोरोना पोजेटिभ देखिएपछि प्रदेश प्रहरी कार्यालय सिल

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालय मंगलबार रातिदेखि सिल गरिएको छ। त्यस कार्यालयका एक जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय शिल गरिएको छ। संक्रमित प्रहरी विराटनगरको स्थानीय हुन भने पद खुलाइएको छैन। उनलाई ४/५ दिन अघि रुघा र ज्वरो आएपछि होम क्वारेन्टिनमा बस्दै आएको प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले बताए।

६६ प्रतिशतले जिते कोरोनालाई

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला दिनमा घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ३ सय ३१ जनाको परीक्षणमा थप ५७ जनामा मात्र संक्रमण पुष्टि भएको हो। यो संक्रमण दर १.७१ प्रतिशत मात्र हो।

उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण

काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसका कारण विश्वभरी पाँच लाख ८१ हजारको मृत्यु

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजार भन्दा बढी पुगेको छ ।

लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यहीँ असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो ।

पाकिस्तानका विदेश मन्त्रीलाई कोराना सङ्क्रमण

पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ। उनलाई लक्षणका आधारमा परीक्षण गर्दा शुक्रबार कोरोनाभाइरस देखिएको अधिकारीहरुले जानकारी दिएका छन्।

समुदायमा कोरोना फैलिन नदिन के गर्ने ?

सरकारले दुई सातादेखि कतिपय जिल्लामा लकडाउन खुकुलो गरेको छ। यसलाई कतिपयले कोरोनाको जोखिम हटेको रूपमा लिएका छन् भने कतिपयले कोरोनाले केही गर्दैन भनेर मनपरी गरेको पनि देखिन्छ। तर विज्ञहरूले भने लापरवाही भयो भने कोरोना समुदायमा फैलिने स्थिति आउने भन्दै सचेत हुन आग्रह गरेका छन्।

नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो।

वीरगञ्जमा कोरोना मुक्त भएर २१ जना डिस्चार्ज

वीरगञ्जस्थित नारायणी अस्थाई कोभिड अस्पताल गण्डकबाट आइतबार पर्साका २१ जना कोरोनाको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा पर्साका छ वटा बेग्लाबेग्लदै पालिकाका १८ जना पुरुष र ३ जना महिला रहेका छन।

समाजमा फैलियो कोरोना, चिन्ता बढ्यो

रौतहटको विभिन्न क्वारेन्टिनमा हजारभन्दा बढी कोरोना संक्रमित हुँदा पनि समाजमा संक्रमण फैलिएको थिएन। तर एकै दिन समाजमा तीन जनामा संक्रमण फेला परेपछि चिन्ता बढेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण साहले चिन्ताको विषय भएको बताएका छन्।

अष्ट्रेलियामा घर घरमै पुगी कोरोना परीक्षण गरिने

अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोना भाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्क्रमण देखियो। उनी दुई साता प्रदेश अस्पतालको आइसोलेसनमा बसेका थिए। कोरोना निको भएपछि उनी फर्किसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्