८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

६६ प्रतिशतले जिते कोरोनालाई

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला दिनमा घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ३ सय ३१ जनाको परीक्षणमा थप ५७ जनामा मात्र संक्रमण पुष्टि भएको हो। यो संक्रमण दर १.७१ प्रतिशत मात्र हो।  

यसअघि पनि दुई सातादेखि संक्रमण दर घट्दै गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। शुक्रबार ४ हजार ६ सय ८८ जनाको परीक्षण गरिएकोमा १ सय १ जनामा संक्रमण देखिएको थियो। यो २.१५ प्रतिशत मात्र हो। पछिल्लो साता संक्रमण दर दुई प्रतिशतको आसपास रहेको छ। नेपालमा गरिएको आरटी पिसिआर परीक्षणका आधारमा संक्रमण दर ५.६ प्रतिशत छ। संक्रमितमध्ये मृत्यु दर ०.२ प्रतिशत छ।  

मन्त्रालयका प्रवक्ता गौतमले शनिबार कैलालीमा १३ जना, मोरङका ९, डोटीका ७, दैलेखका ५, रुकुम पश्चिमका ३ र तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २÷२ जनामा थप संक्रमण पुष्टि भएको जानकारी दिए। त्यस्तै, इलाम, झापा, बारा, नुवाकोट, बागलुङ, पर्वत, सल्यान र कञ्चनपुरमा एक÷एक जनामा संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ।  

सबै जिल्लामा संक्रमण देखिए पनि पाँचथर, धनकुटा, भोजपुर, रसुवा, मनाङ, मुस्ताङ र डोल्पा संक्रमणमुक्त भएका छन्। महोत्तरी, रौतहट, कैलाली, डोटी, अछाम र बाजुरामा २ सयभन्दा बढी संक्रमित छन्।  

शनिबार मात्र १ सय ३ जना कोराना संक्रमणबाट निको भएर घर फर्केक छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेका छन्। जुन कुल संख्याको ६६.२३ प्रतिशत हो।  

प्रादेशिक तथ्यांकअनुसार प्रदेश १ बाट सात सय ४९ जना डिस्चार्ज भएका छन् भने प्रदेश २ मा २ हजार ६ सय ३३ जना छन्। बागमती प्रदेशमा २ सय ३२ जना, गण्डकी प्रदेशमा ९ सय ४६, प्रदेश ५ मा ३ हजार ७ सय १५, कर्णाली प्रदेशमा १ हजार ४ सय ९२ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७० जना उपचारपछि घर फर्केका छन्।  

मन्त्रालयका अनुसार ५ हजार ८ सय २५ जना संक्रमित विभिन्न जिल्लाका आइसोलेसनमा उपचाररत छन् भने २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा छन्। प्रदेश १ मा ८ सय २८ जनामध्ये ७९ जना, प्रदेश २ मा ४ हजार ४ सय ८३ जना संक्रमितमध्ये १ हजार ८ सय ४४ जना आइसोलेसनमा छन्। प्रदेश २ मा ६ जनाको मृत्यु भएको छ। बाग्मती प्रदेशमा ८ सय ५२ जनामा संक्रमण देखिएकोमा ४ सय ११ जना आइसोलेसनमा छन् भने ९ जनाको मृत्यु भएको छ।  

त्यस्तै, गण्डकी प्रदेशमा १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टि भएकोमा ४ सय ८ जना उपचाररत छन् भने ५ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा ४ हजार १ सय ३९ जनामा कोराना संक्रमण पुष्टि भएकोमा ४ सय १४ जना उपचाररत छन् भने १० जनाको मृत्यु भएको छ। कर्णाली प्रदेशमा १ हजार ८ सय १३ मा कोरोना पुष्टि भएको थियो। ३ सय १७ जना उपचाररत छन् भने ४ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेशमा ४ हजार २८ जनामा कोरोना संक्रमण देखिएको छ। २ हजार ३ सय ५२ जना उपचाररत छन् भने ६ जनाको मृत्यु भएको छ।

प्रकाशित: ४ श्रावण २०७७ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App