कस्तो निष्ठुरी दाजु
यही दाजुको खोजीमा म कहाँ कहाँ पुगिनंँ । सारा काठमाडौका गल्ली – गल्ली भौतारिएँ । चिनेजाने र भेटेजति मान्छेहरूसँग सोधखोज गर्दै हिडेँ । आफू विदेश नगईकन दाजुलाई कतै जिउँदै भेटाउँछु कि भन्ने आशले कहिले ड्राइभर भएँ कहिले बसको काउन्टरको जागिर खाएँ । म कुनै न कुनै कामले जाँदा मेरो भित्री लक्ष्य उसैको खोजी गरिरहेको हुन्थ्यो।