१२ असार २०८१ बुधबार
image/svg+xml
कला

खाेलियाे प्रेयसीकाे घुम्टाे

बेलबारी प्रज्ञाप्रतिष्ठानले प्रेम गुरुङ प्रतापकाे प्रेयसी गीतसङ्ग्रहको घुम्टाे खाेली कार्यक्रम सम्पन्न गरेकाे छ। प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीको अध्यक्षता, बेलबारी नपाका नगरप्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्य, साहित्यकारद्वय हर्कमान तामाङ र सुरेन्द्र लिम्बूको विशिष्ट आतिथ्यतामा प्रेयसीकाे घुम्टाे खाेलिएकाे थियाे।

नगरप्रमुख दिलप्रसाद राईले  गीतकार गुरुङलाई बधाई दिंदै बेलबारीको भाषा,साहित्य,गीत,सङ्गीत र संस्कृतिको संरक्षण गर्न आफू सधैं लागिपर्ने बताए।

प्रतिष्ठानका उपाध्यक्ष धनजीत पराजुलीले सञ्चालन गरेकाे साे कार्यक्रममा ईरान राई, गोपाल नेपाल, जेवी थुलुङ,रमेश निरौला, दीप मग्राती, मुना मिश्र, भोजराज बस्नेत,अर्जुन कुलुङ राई, केशु विरही, निरज खवास लगायतका साहित्यकार तथा पत्रकारको उपस्थितिमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको थियाे।

उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी सदस्य लम्मी सुवेदीले राखेका थिए भने सञ्चालन प्राज्ञ उमा सिजापती,विकास बुढाथोकी, सञ्जीव कटुवाल, रिपुमर्दन खड्का, शेखर थापा मगरहरूले आआफ्नो भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: २५ चैत्र २०८० १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App