बिदा जर्नेल, तिम्री छोरीलाई अभिवादन भनिदेऊ
सबै ऐनाहरू एक्वारियम हुन् भन माछाका लागि जो बालबालिकाका ओठहरूमा मुस्कुराउँछन्
सबै ऐनाहरू एक्वारियम हुन् भन माछाका लागि जो बालबालिकाका ओठहरूमा मुस्कुराउँछन्
कति कठिन छ जिन्दगी जिउन पनि कसैलाई बाबुआमाले त्याग्छन् त कसैले बाबुआमालाई त्यागछ्न। कति पीडा खप्नुपर्ने हुँदो हो पीडितहरूले कोही अनाथलयमा त कसैलाई वृदाश्रममा यी सब त तकदिरकै खेला त होला ?
आउँदा धेरै खुशी हुने,जाँदा धेरै दुःख,यस संसारमा भोग्नुपर्ने धेरै दुःख –सुख। कहिले हाँसो कहिले रोदन,कैले पीडा – व्यथा, लेखिदिन्छु जिन्दगीमा,भोगिएको कथा। खुशीभन्दा दुःख धेरै,दुःख हाम्रो साथी, सँगै बस्ने सँगै हिँड्ने, सबैभन्दा माथि।
उपन्यासमा विभिन्न पात्रका विभिन्न कथा कतै वर्णनात्मक शैलीमा, कतै विवरणात्मक शैलीमा, कतै संवादात्मक शैलीमा, कतै संस्मरणात्मक शैलीमा त कतै सूत्रात्मक शैलीमा उनिएको छ। अनेकौँ जीवनकथाको माला पहिरिएर बहुल पात्रको जीवनको प्रस्तुति दिन सक्नु यस उपन्यासको विशेषता हो।
बेलारुसका राष्ट्रपति अलेकजेन्डर लुकासेन्कोले कोभिड निको पार्न नागरिकलाई भोड्का पिउन, नुहाउन र खेतमा काम गर्न सल्लाह दिए।यसै खेमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपी ओली समेत पर्छन्, जसले कोभिडलाई सामान्य रुघाखोकीको रूपमा परिभाषित गर्दै जडीबुटी खान सल्लाह दिए ।
नियतिका सम्बन्धमा बिपीद्वारा व्यक्त केही भनाइका आधारमा के बुझ्न सकिन्छ भने नियति भन्ने कुरा जन्मनुपूर्व नै निर्धारित भएर आएको त्यस्तो सत्य हो, जसलाई मानिसले आफ्नो बुद्धि वा इच्छा अनुसार बदल्न सक्दैन। धर्म वा ईश्वरसँग प्रार्थना गरेर भाग्य परिवर्तन हुँदैन। सफलता, असफलता भन्ने कुरा मानिसको आत्मबलमा निर्भर रहन्छ।
‘एक्स्क्युज मी।’ उसले माफी माग्दै फोन उठायो। ‘हेलो शीतु, हाउ आर यु बेबी ?’ उसले मोबाइललाई हातले छोप्यो र मलाई हेर्दै भन्यो, ‘माई वाइफ।’ उसले लिएको नाम सुनेर मेरो मन तरंगित बन्यो। म शीताष्मालाई शीतु भनेर बोलाउँथेँ।
गोपाल कलाप्रेमीले आफ्ना विचारलाई अगाडि सार्न अनेक पात्रलाई विविध पोजमा प्रस्तुत गरेका छन्। महिलालाई शक्तिशाली रूपमा उभ्याइएको स्पष्ट देखिन्छ। उनले साँढे, गधा, घोडा, बाँदर, बोका, भेडा, कुकुरलाई अलिकता सररिअलिस्टिक, अलिकता प्यारोडी, सटायरिकलका साथ प्रस्तुत गरेको देखिन्छ। कतै विविध रूपमा महिलाको आकृतिलाई पनि अगाडि ल्याइएको छ। सबैभन्दा महत्त्वपूर्ण संयोजन जनावरमाथि महिलालाई विविध पोजमा देखाइनु र हरेकले बिकनी (महिलाले पौडी खेल्दा लगाउने लुगा) लगाएको देखाइनुमा छ। यसैमा चर्चा, बहससँगै आम भावकको विरोधका स्वर उठेको थियो ।
ओहो ! मित्र कति मजा पिएर त हेर, कति दुख्दो रै’छ भित्र जिएर त हेर। जिन्दगीको बाटो सँगसँगै हिंड्ने भए,तिम्रै दिलमा मेरो माया सिएर त हेर। खुसीहरू भत्किएर बनेका ती घाउ, मेट्नलाई हाँसैहाँसो लिएर त हेर। अन्यायका खम्बाहरू ढाल्ने भए यहाँ, माटोलाई आफ्नै रगत दिएर त हेर।
नेपालमा बेलाबेला हलिउड बलिउड फिल्मको छायांकन भइरहेको हुन्छ।पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेस्ट’ हो।
नियतिको मूलबाट कञ्चन पानी निस्किएन, खान काम लागेन।तर पानी त पानी नै हो, सहजै खान नसके पनि काकाकुल भएर मर्न दिँदैन। हृदयकै संसारमा आगलागी भए पनि निभाइदिन्छ। जीवन पनि पानीजस्तै हो। कञ्चन होस् या मैलो – बेकार कहिल्यै हुँदैन। बरफ होस् या बाफ – पानीको आन्तरिक शक्ति कहिल्यै नास हुँदैन।हो, उनलाई आज जीवनबोध भयो।
बालकविता लेखन भनेको कोठामा बसेर गरिने एक्लो घोत्ल्याइँ मात्रै होइन। यसलाई ‘टेबुल वर्क’ का रूपमा मात्र नभई ’फिल्ड वर्क’ का रूपमा पनि हेरिनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसैलै बालकविता लेखेपछि त्यसको प्रयोगशालीय परीक्षण गर्नु पनि आवश्यक छ।
पहाडका किनार किनारलाई जोड्दै छन् खोलाहरू। ऊर्जाका उरुङ उचाल्दै हिंडिरहेछन् खोलाहरू। खोलाजस्तो नै त हो मान्छे पनि। बगिरहन्छ, ऊर्जा निकालिरहन्छ। खोलामा कैयौं ऊर्जा खेर गएझैं कति धेरै खेर गएको छ मान्छेको ऊर्जा अनाहकमा। खोलाको कणकणको ऊर्जा र मान्छेको क्षणक्षणको ऊर्जा सदुपयोग गर्न सक्ने हो पूरै बदलिन्थ्यो संसारको।
काठमाडौं–मल्लकालीन तान्त्रिक गुरुको कथामा आधारित नेपाल भाषाको चलचित्र ‘जा मनः गुभाजु’ले नेपाल आदिवासी चलचित्र अवार्ड जितेर १ हजार १ सय ११ डलर नगद पुरस्कार पाएको छ।