२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कठिन छ जिन्दगी जिउन पनि

कविता

प्रतिमा तामाङ  

 

कति कठिन छ जिन्दगी जिउन पनि  

कसैलाई बाबुआमाले त्याग्छन् त  

कसैले बाबुआमालाई त्यागछ्न ।

कति पीडा खप्नुपर्ने हुँदो हो पीडितहरूले  

कोही अनाथलयमा त  

कसैलाई वृदाश्रममा  

यी सब त तकदिरकै खेला त होला ?

यी सब कुरो गरीबमा त होइन  

अमिरमा नै देखिएजस्तो लाग्छ त  

सानो छँदा आफ्ना नानीहरूलाई अरूको भरमा  

छोडेपछि ती नानीहरूले आमाबाबा पनि  

चिन्छ्न र ?

फेरि के आशा गर्छौ माया पाउँछौ भनेर ?

अब छोराछोरीहरूले पनि  

आमाबाबुहरूले गरेको कष्टलाई ध्यान दिनुपर्छ।

तिमीलाई जन्म दिने त उनै होइन र ?

चाहे अरूकै हातबाट भए पनि तिम्रो भाग्य त बनाए।

आज आफ्नो खुट्टामा उभिन सक्ने त भयौ  

फेरि कसरी पुरायो वृद्दाश्रम?

तिम्रो मनमा भित्रभित्र कटकटी भएन ?

आँखाबाट पानी खसेन ?

धन्य हौ तिमी।

  –सिलगुरी,भारत।

प्रकाशित: १९ भाद्र २०७८ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App