मान्छेको अस्तित्व
प्रकृतिको चुनौतीमा व्यस्त हुँदै दौडिएका मान्छेहरू रोकिएका छन् एकाएक पर्दा जन्ती र मर्दा मलामीसम्म जान नभ्याउनेहरू चारहाते कोठामा कैद बनेर हेर्दैछन् मृत्युकोे ऐनामा जिन्दगीको प्रतिविम्ब
प्रकृतिको चुनौतीमा व्यस्त हुँदै दौडिएका मान्छेहरू रोकिएका छन् एकाएक पर्दा जन्ती र मर्दा मलामीसम्म जान नभ्याउनेहरू चारहाते कोठामा कैद बनेर हेर्दैछन् मृत्युकोे ऐनामा जिन्दगीको प्रतिविम्ब
मेरो झरनै झरनाको देश बग्दैबग्दै आएर यहाको समुन्द्रमा तैरिएका मेरा प्रियजनहरूको अनुहार सम्झदै मैले चिच्याएर रोएको यहा कसैलाई वास्तै छैन तेसैले यहाँ आवाज निकालेर रुनलाई मैले रात पर्खिनुपर्छ र रातलाई आफ्नो बनाउनलाई मैले मेरो प्रिय दिनलाई बिदा गर्नुपर्छ !
कोहीकोही यहाँ पुस्तकालयमा गीता बेच्छिन् । मजबुरीले होला आफ्नै छोरी सीता बेच्छिन् । दलित फूलमाया पहिला मन्दिरमा फूल बेच्थिन् बेच्न फूल अहिले उनी अस्मिता बेच्छिन्
बाल्न जाने मजाले बल्छ जिन्दगी , स्याउझैं लटरम्म फल्छ जिन्दगी । हाँसो त पाहुना हो छोडी गइजाने, हाँस्दाहाँस्दै आँसुले जल्छ जिन्दगी । नचाहँदा–नचाहँदै जबर्जस्ती, नसोचेको जालले छल्छ जिन्दगी ।
बिहानै उस्ले पूजा थाल्छ फेसबुकबाट अनि पेटमा चारो हाल्छ फेसबुकबाट दिनभरि बरालिन्छ फेसबुककै सडकमा साँझ फर्क बत्ती बाल्छ फेसबुकबाट।
शिरमा मेरो ढाका टोपी , यो छातीभित्र देश प्यारो लाग्छ नेपाली भनी, मलाई चिनाइदिने भेष धनदौलत सुखसयल, खोज्दै विदेश जानुभन्दा ढिंडो खाई देशमै बस्नु , बरु त्यो पो हुन्छ बेस ।
कस्तो पीर हो यो सहनै नसकिने कस्तो दुख हो यो कहनै नसकिने जता हेर्यो उतै देख्छु पर-पीडक मात्र कस्तो देश हो यो रहनै नसकिने !
हिन्दु धर्मभित्र सबैभन्दा आलोचित विषय नै जातीय विभेद हो। विभेदकै आधारशिलामा हिन्दू वैदिक सनातनी धर्म टिकाउने जुन दुस्साहस गरियो, आज त्यही विभेदलाई हटाउन हिन्दु समाजलाई फलामको चिउरा बनिरहेको छ।
जनैमा रहने दुईवटा शिखाका ६ डोरामध्ये एउटा शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाका तीनवटा डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ।
पहिचानका नाममा भावना, आक्रोश, प्रतिशोध र तात्कालिक प्रतिक्रिया मात्रै व्यक्त गर्ने अनि आञ्चलिकताका नाममा कुनै भूक्षेत्रका खोला, वन, जाति आदिको सामान्य उल्लेखले मात्रै पुग्दैन। अरुले जे उत्पादन गरिरहेका छन्, त्यसैको सस्तो नक्कली माल उत्पादन गरेर ग्राहक झुक्याउन खोज्ने तहमा हामी छौँ।
‘अहँ म मेरो बच्चा दिनभर अरूको भरमा छोड्न सक्दिनँ। उसको मुख सुकेर तड्पिन्छ होला। रुँदै मलाई कति खोज्छ होला! अहँ म त्यो अबोध वालकले आजै पीडा महसुस गरेको सहन सक्दिनँ।’ उनी भावविह्वल बनिन्। छाती भिजेको जस्तो महसुस गरिन् र आफ्नो वक्षस्थलतिर हेरिन्, ‘अहो दूध पो बगिरहेको रैच ।’
मनको शान्त तलाउ चलायौ । जलेको मन यो झनै जलायौ । त्यो मुटु अन्तै साट्यौ“ जलिनँ। जिन्दगी भरी ढाँट्यौ ढलिनँ।
साँझको बर्कोमा सिँगारिंदा झन्झन् लोभलाग्दी देखिंदैछयौं तिमी । निधारहरु उज्याला बन्दै छन् । कुहिरोको खास्टो ओड्दा सुहागरातमा भेटिएकी दुलही बनिरहेछ्यौ तिमी । शीतलमा असाध्यै शीतल छ्यौ, तिमी । शान्तमा असाध्यै शान्त छ्यौ, तिमी । तिम्रो काखमा लडिबुडी गर्दा म प्रकृतिको सर्वोच्च आनन्द बटुल्दैछु ।