८ वैशाख २०८१ शनिबार
कला

सागर उदासका दुई गीत

गीत

सागर उदास

हजार हल्ला, हल्ला चलायौ

 

हजार हल्ला, हल्ला चलायौ

बजार हल्ला, हल्ला चलायौ

मायाको अर्थ बुझिनौ क्यारे

गाउ–शहर जम्मै चर्चा चलायौ।  

 

कोपेर गयौ मुटमा सियो  

निभाई गयौ बलेको दियो  

कलेजो मेरो काटेर गयौ

मन मुटु अन्तै साटेर गयौ।  

 

मनको शान्त तलाउ चलायौ  

जलेको मन यो झनै जलायौ  

त्यो मुटु अन्तै साट्यौ“ जलिनँ

जिन्दगी भरी ढाँट्यौ ढलिनँ।  

 

हजार हल्ला हल्ला चलायौ

बजार हल्ला हल्ला चलायौ

मायाको अर्थ बुझिनौ क्यारे

गाउ–शहर जम्मै चर्चा चलायौ।  

 ०००

हारमा पनि जीत खोज्न सकुँ  

 

हारमा पनि जीत खोज्न सकुँ  

मारमा पनि हित खोज्न सकुँ  

सबैको भलो प्रित खोज्न सकँु।  

 

झर्दैन तल सधैै माथी हुँ भन्छ

आफैंले आफैं म जाती हुँ भन्छ  

रात–दिन दियो जलेसरी बल्छ  

अर्काको खुशी देखिपछि जल्छ।  

 

सत्य काममा अघि सर्दैन मान्छे  

दुःखमा दया किन गर्दैन मान्छे  

म मात्र जान्ने सुन्ने हुँ भन्छ

बाँचुन्जेल पापको खाडल खन्छ।  

 

हारमा पनि जीत खोज्न सकुँ  

मारमा पनि हित खोज्न सकँु  

सबैको भलो पिीत खोज्न सकुँ। 

प्रकाशित: १६ श्रावण २०७७ १७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App