बाल्न जाने मजाले बल्छ जिन्दगी ,
स्याउझैं लटरम्म फल्छ जिन्दगी ।
हाँसो त पाहुना हो छोडी गइजाने,
हाँस्दाहाँस्दै आँसुले जल्छ जिन्दगी ।
नचाहँदा–नचाहँदै जबर्जस्ती,
नसोचेको जालले छल्छ जिन्दगी ।
भनीसाध्य हुन्न भोगाइको कथा,
उकाली –ओरालीमा चल्छ जिन्दगी ।
जिन्दगीको बाटाहुँदि हिँड्दाहिँड्दै,
के टुंगो कुन बेला ढल्छ जिन्दगी ।
प्रकाशित: १७ श्रावण २०७७ ११:४८ शनिबार