२७ आश्विन २०८१ आइतबार
image/svg+xml

विद्यालय

विद्यालय मानव इतिहासको मानव बनाउने स्थल होइन मानवता बनाउने थलो बनोस् । विद्यालय त ठेकी बनोस् जहाँ दूधबाट दही भइसकेका विद्यार्थीहरूलाई मथेर घिउ बनाउन सकियोस् चिज बनाउन सकियोस् जसलाई दीर्घकाल प्रयोग गर्न सकियोस् ।

हरिप्रसाद भण्डारीका पाँच लघुकथा

अधिकृत स्तरको जागीर, सहरमा घर, दुई चारजना हाइ–हेल्लो गर्ने साथीभाइ र आफन्तहरू । उसले श्रीमतीको डिभी परेको थाहा पाएर खुशीले उफ्रेको घटना सम्झियो । त्यसपछि मनमनै भन्यो, ‘साला त्यस्तो रजगज छोडेर आइयो । अहिले रेष्टुरेन्टमा जुठा भाँडा उठाउनु परेको छ ।’

म हुँ अक्षर

कोठे जीवन मन पर्दैन किनकिन, लाग्छ साह्रै घिन म हुँ अक्षर, तिम्रो साथ खोज्छ धेरैबेर, मलाई चिन बाहिरी संसार प्यारो, भित्र हुँदा लाग्छ साह्रै अप्ठ्यारो सुरुमा नाता जोड्न गाह्रो, अनि फुट्छ ज्ञानको मूलधारो बनी सबैको दर्पणछायाँ घुम्न मन लाग्छ दायाँबायाँ मलाई ठम्याउन, ज्ञान पाउन, देखाऊ ममा सधैं माया।

हबल्दार नैन सिंह

पन्जाब जाने बाटो छाडेर पुलिसमा भर्ती भएका नैन सिंह डिउटीमा बझाङतिर पसे। बझाङ र दार्चुलाका एकएक गाउँ डुले। पुलिसको जागिर, रवाफ उस्तै, मानसम्मान उस्तै, नैन सिंहले सबै कुरा भुले। घरमा गोठालो बन्न किन आउँथे, त्यतै रमाउन थाले। गाउँका मान्छेले नैने आउला भन्ने भुलिदिए।

अब त प्रश्न गर्नैपर्ने भएको छ आफ्नै अगुवाहरूका बारेमा

के सोचेको होला यो देशले देशका युवाहरूका बारेमा,विमानस्थल हुँदै उडी जाने सयौं बटुवाहरूका बारेमा । मानव बेचबिखनविरुद्ध हामी पनि लड्यौं पटकपटक, आज किन चूप छौं हामी दलाल, साइँदुवाहरूका बारेमा ? संस्कारहरू फेर्नुपर्छ भनियो, तोड्नुपर्छ भनियो थोत्रा संस्कृति, अब के भन्ने होला कथित अग्रगामी बुर्जुवाहरूका बारेमा ।

मृगतृष्णा

मनमा परिवार छ मातृभूमिको वियोगको वेदनाले पोलिरहेको छ । त्यसमाथि विदेशी मालिक भनाउँदाहरूको नमिठो वचनले मन नुनिलो भैकन अमिलो हुन्छ अनि पिरो हुन्छ । अनि आफ्नो देश सम्झिन्छ । आमा, बुबा र (लोग्ने, छोराछोरी) भाइबैनी सम्झिन्छ । आफू त टाढा विरानो देशमा एक्लो भएको एकलोपनको महसुसले मन आत्तिन्छ ।

भ्रम

म जस्ता शिक्षित नारी त ठगिएँ भने सोझासाझा नारीहरू त पाइलैपिच्छे ठगिन्छन् होला । अस्पतालले बिरामीलाई ठग्छ । बिक्रेताले क्रेतालाई । साथीले साथीलाई । प्रेमीले प्रेमिकालाई । हो कत्रो भ्रममा फसेकी रहेछु म । हेर्दाहेर्दै आफू हिडेको बाटो भासियो । सहज बाटामा यात्रारत यात्री म, गन्तव्यमा नपुगी कता मोडिए कता ।

अरूको कमजोरीलाई हँसीमजाकमा बदल्नु हुन्न

मान्छे हर्दम होसमा हुनुपर्छ । हरेक काम होसले गर्दा धर्म आर्जन हुन्छ । होस गुमाएर गरिएको कर्मले पाप कमाइन्छ । भरसक मान्छेले अरूको खुशी लेख्ने डटपेन बन्नुपर्छ । नभए पनि अरूको दुःख मेट्ने इरेजर भने अवश्य हुनुपर्छ । समस्या भोग्न सक्नेले मात्र सफलताको स्वाद पाउँछ । विद्यार्थीले एउटै लक्ष्य, त्यसकै ज्ञान, त्यसमै मेहनत र त्यही प्राप्त गर्न दृढ सङ्कल्पित रहे कहिल्यै असफलता भोग्नुपर्दैन । कसैले पनि सकारात्मक सपना देख्न चुक्नुहु्न्न ।

चोटहरूबाट खारिएकी नायिका

किशोरी उमेरमा शोभालाई मायाको काउकुती लाग्यो। त्यहिबेला रुपकको मायामा चुर्लुम्म डुबिन् । रुपक स्कूल नजिकैको फर्निचरमा काम गथ्र्यो। अपरिपक्व उमेरमा बसेको मायामा आत्मीयता, विश्वास र भरोसाभन्दा पनि बासना थियो।

दमौलीका रसिला गीतकार

सरल भाषामा गामबेसी, मायाप्रेम र विकृतिविसंगतिविरुद्धका गीत, कविता र मुक्तक लेख्दै आएका उनको जीवन पनि सरल छ। उनी नयाँ पुस्तालाई सृजनात्मक बनाउन ऊर्जा भर्ने काम गर्छन्। यसरी हेर्दा उनलाई साहित्यिक फूलबारीका मालीभन्दा फरक पर्दैन।

ताराबिनाको आकाश

जब गाउँमा उस्को पतिबारे खासखुस कुरा भयो उस्ले नचिनेको पति विदेशमै विलिन भएको समाचार सुनाइ दिई । यसअघि नै पत्तै नभएका सबै आफन्तहरु गुमाएको जानकारी गराएकी उसलाई पतिको मृत्युको समाचार फैलिए पछि शान्त्वना भन्दा बढी पापी, अधर्मी, अलच्छिनी र अभागीको दर्जा मिल्यो । सोची वा कतै समाजको यस्तै दर्जा पाउने डरले उस्की आमाले उसलाई फ्याँकेकी थिइनन् कि ?

गंगा कर्माचार्य पौडेलका कोरोना लघुकथाहरू

लालेकी बृद्धआमाले खुसी हुँदै आकासतिर फर्केर जम्लेहात गरि भनिन् “ हे ! कोरोना ! तिमीलाई धेरै धन्यवाद छ । पोहोर परार देखिनै छोरा बुहारीलाई घरमा आओ भनेर मरिहत्ते गरि बोलाउँदा पनि नटेरी बसेका थिए । आज तिमिले घर पठाइदियौ । परिवार विना उजाडिएको हाम्रो घरमा फेरि बहार ल्याइदियौ । हाम्रो लागि तिमी देउतानेै भयौ । हे ! कोरोना देउता तिमीलाई कोटी कोटी धन्यवाद

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्