२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

ताराबिनाको आकाश

लघुकथा

  अनु विज्ञाति 

" मेरो बाबा खै मामु ?" उस्ले आकाशको ठुलो तारा देखाइ । भोलिपल्ट हजुरबुबा, आमा, काका र फुपू सोधी । छोरीलाई आँगनमा लगी र ताराहरु देखाइ दिई । पर्सिपल्ट मावलीपट्टीका आफन्त सोधी । उस्ले उसै गरी । उस्ले सबै आफन्तहरुको वस्ती आकाशमा सारिदिइ । छोरी आकाश तिर फर्केर आफन्तहरु हेर्न थाली । र भनी- "मामु हामी पनि तारा बनेर आकाशमा जाउँन हैं । यहाँ हुँदा त कसैले मसँग कुरै गर्नुहुन्न ।" उ दोधारमा परी । उ ती ताराहरु आफ्ना झुटा आफन्त हुन् भन्न सक्दिनथी ! झुटो बोल्न कहाँ रहर थियो र उसलाई ? तर त्यो समाज उस्को सत्यतामा सहज बाँच्न दिन्छ र ? संघर्षमा नथाक्ने कसम खाएकी उस्ले छोरीलाई आफु र आफ्नो आमा जस्तो बन्न नदिने प्रण गरी र भनी- "नानी एक दिन म तिम्रो लागि थोरै धर्ती, सानो आकाश र बोल्ने ताराहरु जोड्ने छु ।"

जब गाउँमा उस्को पतिबारे खासखुस कुरा भयो उस्ले नचिनेको पति विदेशमै विलिन भएको समाचार सुनाइ दिई । यसअघि नै पत्तै नभएका सबै आफन्तहरु गुमाएको जानकारी गराएकी उसलाई पतिको मृत्युको समाचार फैलिए पछि शान्त्वना भन्दा बढी पापी, अधर्मी, अलच्छिनी र अभागीको दर्जा मिल्यो । सोची वा कतै समाजको यस्तै दर्जा पाउने डरले उस्की आमाले उसलाई फ्याँकेकी थिइनन् कि ?

कालो रात, कालो जीन्दगी र कालै भविष्य देखेको उस्को मस्तिष्कमा एकाएक विजुली चम्किए झैं उज्यालो धर्सा झुल्किएपछि उज्यालो किरणको खोजीमा शहरको सडक छोडेर त्यो वस्तीमा पाइला टेकेकी उ त्यहाँ पनि सहजरुपमा सास फेर्न त कहाँ सकि र ?  निर्दयी छाँयाबारे केही थाहा नपाएकी उस्ले महिना दिनपछि थाहा पाएकी थिइ उस्को निशानी पेटमा हुर्किएको । उ टोलाई- 'म को हुँ ? मेरा बुबाआमा को ? पति को ? परिवार को ?' पत्तै पाइन उस्ले । झन् त्यो कालो रात, सडकको कुनामा सुतिरहेको क्षण, फलाम जस्ता हातले मुखटाली शरीरमाथि निर्ममतापूर्वक शासन चलाएर हुर्रिएको त्यो कालो छाँया सम्झिदा मुटु काप्यो उस्को!आफैंलाई नचिन्ने यस्तो नि जीन्दगी? त्यही बेला नेपथ्यबाट आवाज आयो तँ सलनाल सहित फ्याँकिएकि सडक बालिका होस।त्यतिपछी आफू जानेकि उ चिच्याँइ। हो यी झुट्टा आफन्त देखाएर यहाँ बस्नु भन्दा म छोरीलाई ताराबिनाको आकाशमा लानेछु। उस्को चित्कारले तर्सिएकी छोरी अवाक भएर आमाको मुख हेरिरही

प्रकाशित: ७ भाद्र २०७७ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App