२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

भ्रम

कथा

  मीरा प्रसाईं

एकदिन फेसबुक चलाइरहेका बेला एउटा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाएल नहेरी हतपत मित्रता स्विकार्ने  बानी पटक्कै थिएन मेरो । अझ एसो भनौं , फेसबुकमा साथी कमै बनाउँथे। त्यो बेला खै किन हो  उक्त रिक्वेस्टलाई स्विकार गरिदिएँ ।एकैछिनमा उताबाट स्माएलको इमोटिकेसन आयो अनि तुरुन्तै अ म्यासिभ थ्याङ्क् यु हजुर , म सरल शर्मा अमेरिकाबाट।

निकै बेरपछि  मैले लेखे – वेल्कम ।  

फेरि स्माएलको इमोटिकेसन आयो ।

बदलामा मैले केही लेखिनँ । मेरो स्वभाव हतपत्त कसैसँग नजिक हुने खाल्को थिएन । भोलि पल्ट फेरि उहीँ सरल शर्मा स्माएलको इमोटिकेसनका साथ देखा पर्यो । हायहेल्लो गर्दै दुईचार दिन बिते । सबै पोस्ट र फोटामा लाइककमेन्ट भटाभट आउन थाले उसका । किन लाइककमेन्ट गरेर चासो देखाएको होला ? आफ्नै मनसँग सोधे , एकमन रिस पनि उठ्यो । केही दिनको सामान्य कुराकानीपश्चात् ऊ मेरो सौन्दर्यमा कायल भएको कुरा गर्न थाल्यो ।

हुन पनि म असाध्यै सुन्दर थिए । सबैले त्यसै भन्थे । प्राकृतिक रूपमै सुन्दर थिएँ म । सरल पनि त्यसै भन्थ्यो – हजुरलाई त सुन्दर देखिन मेकअप नै गर्नु नपर्ने रहेछ ।  काला आँखा , सुरिलो नाक , पिपलपाते ओठ , चेरी फलझै राता गाला, गाईको घिउझै सेतोपहेलो छालाको रङग, बान्की परेको न होचो न अग्लो कद । ऐना हेर्दा आफ्नो गुलाफजस्तो फक्रिएको रूप देखेर भुतुक्कै हुन्थे म आफै पनि । कुनै पनि पुरुषले गरेको तारिफले मलाई उनीहरूतिर झुकाव बढाएको थिएन । कसैले दुई शब्द मीठो बोल्यो र आफ्नो तारिफका  लागि केही शब्द खर्चियो भन्दैमा म फुरुङ्ङ हुने खाल्की केटी थिइन तर पनि सरलसँग कुरा गर्दा रमाइलो लाग्न थाल्यो मलाई । खोई उसको शैली नै मायावी थियो कि , त्यसैत्यसै म उसको शैलीमा कायल हुन थाले । कसैसँगको पहिलो भेटनै फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन भनेझैं हुँदो रहेछ । सरलप्रतिको आकर्षण चरमोत्कर्षमा पुग्न थालेको थियो। दिनहुँ जसो हाम्रो कुरा हुन्थ्यो ,एक दिन उसलाई सोधे – सुरुमा र अन्त्यमा स्माएलको इमोटिकेसन पठाउने गजबको शैलीबारे , उसले लेख्य बोल्नुअघि मुस्कुराउँनुस् त कति सुन्दर देखिन्छ । मुस्कानको भाषा  सारै मीठो पो हुन्छ त । अनि फेरि उहीँ इमोटिकेसनको शैली अर्थात् उसकै मुस्कानको भाषा  ट्यास्स पठायो ।

उसले मेरो बारेमा  राख्ने चासो सामान्य साथीको भन्दा फरक थियो । एकमन त रिस पनि उठ्थ्यो तर खोर्इ कस्तो रिस हो कुन्नि , मन नपराएको रिस वा प्रेमिल घुर्कीजस्तो देखिने रिस  तर मनदेखि भने सरलप्रति सहजतापूर्वक आकर्षित हुँदै छु भन्ने सत्यतासँग म आफै पनि अनभिज्ञ थिए । बिस्तारैबिस्तारै उसँग कुरा गर्न मन लाग्न थाग्यो । अनलाइन छ कि छैन भनेर दिनमा पटकपटक हेर्ने गर्थे । मेरो मन मस्तिस्कले फेसबुकका भित्ताहरूमा उसलार्इ खोज्न थाले मानौ, सरल पानी हो अनि म तिर्खाएको काग जो आकुलव्याकुल हुँदै तृप्तताका खातिर भौतारिदै छ ।

यो सत्य हो , देख्न नसकिने चिजको पनि अस्तित्व हुन्छ जस्तो कि हावा ,बिजुली अनि प्रेम । हावा स्वासप्रस्वास र शितलताका निम्ति प्रयोग गरिन्छ तर अस्तित्वमा देखिदैन । बिजुली यान्त्रिक संचालन र प्रकाशको प्रयोगात्मकतामा देखिन्छ तर अस्तित्वमा देखिदैन । हो , त्यस्तै प्रेमको अस्तित्व पनि देख्न र छुन नसकिने तर महसुस र अनुभव गर्न मात्र सकिने हुदो रहेछ । 

"अक्सिटोसिन र डोपामाइन नामक हर्मोनल परिबर्तनले हुने स्वतस्फूर्त शारीरिक कृया हो प्रेम " भन्ने पढेको मैले

प्रेम नामक चिज अस्तित्वमा छ भन्ने कुरालाइ सधै भ्रमका रुपमा लिए ।

मैले सधै भ्रम मानेको चिजले किन मलाइ बेस्सरी समाएर आफू तिर तान्दै छ ? प्रेम नामक जेलमा कैद गर्न खोग्दै छ , आफ्नो अङ्गालोमा समाहित गराउन खोज्दै छ । रुमानी यादले निथ्रुक्कै भिजाउन खोज्दै छ । म आफैसङग आश्चर्य चकित थिए । दिनहरु बित्दै गए हाम्रो मित्रता झन गाढा हुँदै गयो ।

 सरल उसका दुखका कुरा सुनाउँथ्यो । आमा छैनन् रे उसकी । सौतेनी आमाले माया गरे पनि आमाको झै निश्छल ममता उस्ले कहिल्यै पाएन रे । म मायाका लागि तड्पिएको छु । मेरी भावी श्रीमतीबाट आमाको पनि माया पाउ बस । यहीँ प्रार्थना छ भगवानसँग । हो , सरल यस्तै भन्थ्यो । उसको हृदयविधारक भनाइले मलाइ भावुक बनाउँथ्यो । आखिर नारी हृदय छ मेरो शरीरभित्र कसैको पीडामा नपग्लियोस् यो कसरी हुन सक्छ र । उसका कुराले मेरो मनको प्रेम घडा आँसुले भरिएर आँखाको बाटो हुदै भुइँमा छताछुल्ल हुन्थ्यो । त्यो बेला लाग्थ्यो , अहिले नै प्रेमिल अँगालोमा बाधेर प्रेमले चुम्दै भनौ  म तिमीलाई प्रेमको कमी कहिल्यै हुन दिने छैन सरल ।  छोटो समयमै हामी दुवै आत्मीय  भैसकेका थियौ । ऊ मसँग  खुलेर कुरा गर्थ्यो ।  तसर्थ मलाई   पनि उसँग खुल्न अप्ठयारो लागेन ।

पारिवारिक पृष्ठभुमि , आर्थिक अवस्था , रहर र चाहना आदिका बारेमा मैले सबै बताए । जीवनको कुनै क्षणमा जसरी पनि अमेरिका गएरै छाड्ने उत्कुन्ठा पनि मैले  बताएकी  थिएँ ।  मैले सोधिन  तर उसले उस्को सबै बृतान्त बतायो । मानौ , म उसकी श्रीमती हुँ या त हितैषी साथी । उसका कुरा सुन्दा लाग्थ्यो , सारै पीडित छ उ । उसको व्प्यक्तित्वसँग त प्रभावित थिए म , अब बिस्तारै उसका मुटु छेड्ने कुराहरूसँग पनि प्रभावित हुँदै गए ।

कामको सिलसिलामा अचानक मलाई  ताप्लेजुङको घुन्सा जानुपर्ने भयो, त्यहाँ हाम्रो सस्थाले गर्न लागेको कामको सर्वेक्षणका लागि बेलायतबाट आएकी समाजसेवी डालिन्डा म अनि अरू दुई जना साथी  धुन्साका लागि प्रस्थान गर्यौ । सरललाई अपर्झट आइपरेको कामबारे केही बताउन पाएको थिइन मैले । धुन्साबाट काठमाडौ फर्केपछि मात्र फेसबुकमा अपडेट भए । यी दिनहरूमा मैले सरललाई  नसम्झिएको पल थिएन ।

बिनाखबर अचानक गायब भएकीले म्यासेन्जरभरि सरल शर्माका म्यासेजहरू थिए , प्रेमिल रिस थियो त्यहाँ आवेग थियो अनि भर्खरै अङ्कुरित अव्यक्त प्रेमले मेरो अनुपस्थितमा थोरै भए पनि टुसा छोडेको थियो । उसका म्यासेजह पढिसकेपछि पुलकित भएँ म । हप्ताभरिको थकान छुमन्तर भयो । तिनै प्रेमिल भावनाका म्यासेजहरूलाई ह्रुदयभरि छताछुल्ल पोखे अनि आँखा चिम्लिएर म भित्रको  म पात्रलाई सोधे – मले भन्यो सरलको चोखो प्रेममा परी आस्था । मस्तिष्कले भन्यो – फेसबुक च्याटको भरमा कुनै निर्णय नगर आस्था  , पछुताउनु पर्ला । एकमन लाग्यो , मस्तिष्क सही छ । मैले सम्यम्ता अपनाउनुपर्छ । मैले गरेका मेरा धेरै जसो निर्णयहरू असफल प्रतीत भएका थिए ।

प्रेम साँचो होकि झूटो हो निष्कर्ष निकाल्ने केही मनोवैज्ञानिक शुत्रहरू प्रेममा धोका खाएर डिप्रेसनको सिकार भएको मीत दाइलार्ई मनोविद काहा लिएर जाने क्रममा मैले पनि थाहा पाएको थिए । तसर्थ स्मैले पनि मनोविदले गर्ने प्रारम्भिक परीक्षणका केही प्रश्नोत्तर परीक्षण गरिहेरे तर परिक्षण पूरा गर्न भने मनले पटक्कै मानेन । मन मस्तिष्कलाई मान्न तयार थिएन अनि मस्तिष्क मनलाई । कुनै चिज यस्ता पनि हुँदा रहेछन् जस्को अस्तित्व भोगाइमा मात्र हुने रहेछ ।

अन्तत : अगाडि जे हुन्छ समयलाई छोडी दिए । कोहि मानिस एतिकै खास लाग्दा रहेछन न छ मनको नाता नत छ रगतको तर पनि प्रीय लाग्दा रहेछन । सरल शर्मा प्रीय मात्रै होइन सर्बप्रीय नै लाग्न थालिसकेको थियो मलाइ । मेरा आखामा अरु पनि सुन्दर पुरुष नभएका भने होइनन । सबैले मलाइ आकर्षित गर्न अनेक प्रपन्च रचिरहन्थे ,मेरो छेउ आउन बाहना खोजी रहन्थे  तर म भने उनिहरुसङग सधै बिकर्षित भए । देख्दै नदेखेको सरल शर्मासङ्ग आकर्षित भै सकेकी थिए तनबाट पनि मनबाट पनि ।

म अति नै ब्यस्त थिए । प्रेम दिवस आएको पनि चाल पाइन । स्माएलको इमोटिकेसन पछि" आइ लभ यु "लेखिएको म्यासेज` ट्याङ ´ आवाजका साथ देखियो । फेसबुक खोलेर हेरे उस्ले त मेरो फोटो नै राखेर प्रेम प्रस्ताब राखेको रहेछ । मेरो फोटो राखेको क्याप्सनमा लेखिएको थियो " न हावामा देखिन्छ प्रेम न पानीमा  न माटोमा देखिन्छ् प्रेम न ढुङ्गामा । प्रेम भोगाइको मिठो अलौकिक अनुभूति हो जस्लाइ महसुस मात्र गर्न सकिन्छ । आज प्रेम दिवसका दिन यहि मिठो अनुभुती मेरी उनिलाइ । के तिमी मेरि दिलकी मात्रै होइन घरकी रानी बन्छेउ आस्था ? "

 त्यो देखेर मनमा एक किसिमको मिठो महसुस भयो । छाती भित्र कतै कम्पन बढे जस्तो कस्तो - कस्तो मदहोसीपनले छोप्न थाल्यो । त्यस्तो अलौकिक  महसुस कहिल्यै भएको थिएन मलाइ । मनले उसलाइ रोजि सकेको भए पनि हतार गर्नु उचित ठानिन र त्यो दिन जवाफ केही पनि लेखिन ।

त्यो दिनदेखि मन एक तमासको भैरहेको थियो । अचानक अपरिचित नम्बरबाट कल आयो – तपाईको पार्सल आएको छ डिएचएलको एयरपोर्ट साखामा सम्पर्क राख्नु होला । कस्ले काहावाट रुसोध्न नपाउदै उताबाट फोन ढ्याङग राखेको आवाज आयो । अचम्ममा परे , पार्सल नै पठाउने मान्छे त कोहि थिएन, कस्ले पठायो होला र

यस्तै सोचाइमा डुब्दै डिएचएलको अफिस पुगे म । पठाउनेको नाम गोप्य राखिएको रहेछ तब त पार्सलप्रति झन् आश्चर्य थपियो । हतारहतार घर आएर पार्सल खोले । सिटिजन इको ड्राइभ घडी , माइकल कर्सको ब्याग, गुची परफ्युम र ह्वाइट गोल्डको जस्तो देखिने औँठी पनि थियो पार्सलमा । 

सोचमग्न भएर फेसबुक खोले – स्माएलको इमोटिकेसन त थियो नै  त्यस मुन्तिर लेखिएको थियो – डार्लिङ , सामान पायौ ? तिमीलाई मेरो भ्यालेन्टाइन गिफ्ट हो । मलाई थाहा छ , तिमी पनि मलाई माया गर्छ्यौ । प्लिज , डोन्ट टेक इट अदरवाइज ।  

अचम्म लाग्यो, मेरो एड्रेस कहाँबाट पायो उस्ले रु उ अनलाइन नै थियो तुरुन्त सोधे  –मेरो एड्रेस कहाँबाट पायौ लेख्यो  जहाँ इच्छा त्यहाँ उपाय प्रीयतमा । झनक्क रिस पनि उठ्यो । अलिकति थर्काउदै लेखे  भन छिटो टोल नम्बर र घर नम्बर नभए पनि तिम्रो फोन नम्बर त थियो मसङग । नाम , शहर र देश अनि फोन नम्बर छ भने सामान हात लाग्ने कुरामा ढुक्क भए  हुन्छ भन्ने कुरा डिएचएलको अफिसमा थाहा पाए  । अनि के थियो र प्रिय । अनि उहीँ इमोटिकेसनको शैली । अचम्म लाग्नु , रिस उठ्नु अनि खुसी हुनु सबै एकैपल्ट भयो मलाई त्यो बेला । साँच्चै,  त्रिवेणीको सङगम पनि रोचक हुने रहेछ ।

सरलको अनौठो प्रेम प्रस्तावपछि म पनि उसलाई सोच्न बाध्य भए । ती सामानलाई राति  सुत्ने बेलामा प्रेमले फेरि सुम्सुम्याए , चुमे । मनको मले भन्यो – आफ्नो तर्फबाट मन  पराएकोसँग बिवाह गर्नुभन्दा केटातर्फबाट मन पराइनु राम्रो हो, त्यस्तोमा अस्विकृत हुने सम्भावना हुदैन ।  धेरै अनुभवीहरू यस्तै भन्थे, मलाई पनि होझै लाग्यो।

झटपट जवाफ लेखे  म पनि तिम्रो प्रेममा परेकी छु सरल ।  अनि दुई ज्यानको बीचमा एउटा मुटु भएको इमोटिकेसन पठाए । खलिल जिब्रानले भनेका छन् – मौरीका लागि फूल जीवनस्रोत हो । फूलका लागि मौरी प्रेम दूत हो । ू म फूल हु रे अनि उसको जीवनमा जीवनस्रोत भएकी छु रे अनि ऊचाहिँ मेरा लागि प्रेमदूत हो रे।  सही भनेको थियो सरलले साच्चै ऊ मेरा लागि प्रेमदूत नै थियो ।

उसैले त हो मेरो जिवनमा प्रेमको सन्देश प्रवाह गरेको । मेरो दिलको संरक्षण गरेको । अब त हामी बिच झनै सघन र गहन कुराहरु हुन थाले । घन्टौ प्रेमिल बार्तालाप हुन्थ्यो अनि कहिले अन्तरङग कुरा पनि हुन पुग्थ्यो । अङ्गालोमा बेरिएर प्रेममा चुर्लुम्म डुबुल्की मार्न त उ आकाशमा थियो अनि म धर्तिमा तर पनि हामी बिचको दुरी बिज्ञानले छोट्याइ दिएको थियो । 

एकदिन सरलले " तिम्रा हुने वाला सासुससुरा " भनेर फोटो पठायो । मलाइ औधी खुसी लाग्यो त्यो पल । काममा ब्यस्त त थिए नै म, साथै मेरो प्रेम जीवन पनि सुमधुर चल्दै थियो । सरलका प्रेमिल कुरामा जरा हालेको अब्यक्त प्रेम केवल महसुसमा टुसाउदै थियो । भनिन्छ , " प्रेमलाइ शारीरिक स्पर्शले अझ बलियो बनाउछ " हामीमा स्पर्श त थिएन । धेरै टाढा थियौ हामी हाम्रो सामिप्यताबाट । 

उ अमेरिकि आकाश मुन्तिर थियो अनि म नेपाली आकाश मुन्तिर तर पनि सरलको प्रेमको स्पर्श नै पुस महिनामा झल्याकझुलुक देखिने पारिलो घामको न्यानो चुम्बन जस्तै थियो जाहाबाट म ओझेल पर्न चाहान्न थिए र सक्दिन थिए पनि । हावामा कावा खादै आकाशको सयर गर्न चरा नै हुनु नपर्ने रहेछ । कहिले चलचित्रमा देखिने नायिका हुन्थे म अनि कहिले अप्सरा हुन्थे सरल चाहिँ मेरो पछिपछी हुन्थ्यो ।

मनमौजी कल्पनामा हराउदा समय बितेको पत्तै हुदो रहेनछ । कहिलेकाही त रात पनि कोल्टे नफेरी बित्थ्यो । अझ सरलले " तिमी त बेलायतकी राजकुमारी डायना जस्तै छ्यौ आस्था । " भने पछि के चाहियो र ? लाग्थ्यो , सांसारकै सुन्दर र भाग्यमानी नारी म नै हु । एस्तै एस्तै कल्पनाका राजमार्गहरुमा खुसिका गाडीहरु कुदिरहन्थे ।

एकदिन अपरिचित नम्बरबाट फोन आयो । उठाउ कि नउठाउको दोधार बिचैमा कल मिस्ड कलमा परिणत भयो । फेरि तुरुन्तै आयो अल्छी मान्दै उठाए । फोन सरलको रहेछ उसले भन्यो " बेबि तिमीलाइ कस्तो छ ? म तिम्रो सरल चिन्यौ ? म लगभग चिच्याए । उसको आवाज त एकदमै मीठो रहेछ । यो भन्दा अघि हामीले फोनमा कुरा गरेका थिएनौ । च्याटमा लेख्दा जस्तो फोनमा बोल्दा कुरा गहिरा र प्रेमिल हुन सक्दैन थिए । सहज महसुस हुदैन थियो त्यसैले,  मैले नै च्याटमा मात्रै कुरा गर्ने भनेको थिए। सरलले भन्यो " बार्बी गर्ल , मैले तिमीलाइ हिराको सेट पठा`को छु । ममिले रोज्नु भ`को थाहा छ के भन्नू हुन्थ्यो ? "मेरि बुहारीलाइ यो सुहाउछ गोरि छिन भनेर । " उम... , आजकाल त ममिले मलाइ औधी माया गर्न थाल्नु भ`को छ नि । आम भेरी ह्याप्पी आस्था आम भेरी ह्याप्पी !" मेरो साथि रमेशले फोन गर्यो भने उसले भने बमोजिम गर्नु है । महङ्गो सामान पठाउन त समस्या हुदोर`छ त्याहा तिमीलाइ झिक्न पनि समस्या हुन सक्छ । ल म अफिसमा छु लामो कुरा गर्न मिल्दैन है बार्बी गर्ल । बाइ माइ ललि पप उम्मा..... ।" एउटा लामो चुम्बन दिएर उसले फोन राख्यो । 

मैले केही सोध्न पाइन वा भनौ दोहोरो कुरै भएन हाम्रो । हिजोआज सामाजिक सन्जालमा ठगिको धन्दा गर्ने गिरोहका बारेमा सुन्दै आएकी त थिए तर सरलका कुरामा आश्चर्य चकित हुने ठाउँ त थियो तर पनि प्रेममा सबै कुरा जायज हुने भनाइलाइ आधार मानेर मेरो मनले उसको चोखो प्रेमलाइ शंका गर्न सकेन ।

 प्रेममा परे पछि मान्छेले सबै सहि देख्दो रहेछ । "प्रेम अन्धो हुन्छ" भन्ने आम भनाइ सत्य प्रतीत हुँदै थियो मेरो जीवनमा पनि । सरललाइ आँखा चिम्लेर बिश्वास गर्थे म । सरलले फोन गरेको भोलि पल्ट भारतिय नम्बरबाट फोन आयो । सामान ल्याउने मान्छेको हो कि भन्ने अनुमान गर्न अब गारो थिएन । 

हेल्लो ! आस्थाजी हो ? म रमेश सरलको साथी । सरलले मेरो बारेमा कुरा गरेको छु भन्थ्यो । " मैले भने - हजुर हो ।" "तपाइको सामान धेरै महङ्गो भएकोले भन्सार क्लियर नगरी सामान निकाल्न नसकिने भयो । भन्सार क्लियर गर्न पैसाको आवस्यकता परेको छ आस्थाजी ।" के गरौ मलाइ भेट्नु हुन्छ कि मेरो खातामा पैसा जम्मा गरिदिनु हुन्छ ? " 

म अलिक ब्यस्त छु हिजोआज । बरु तपाईं आउनुस न एतै भोलि बिहान खाना खाने गरि हुन्न ? " 

आस्थाजी  , हुन त हुन्थ्यो तर म पनि ब्यस्त छु बरु एसो गर्नुस न खाता नम्बर दिन्छु त्यसैमा जम्मा गर्दिनुस न हुन्न र ? 

" हुन्छ नि त । बरु तपाईं सरलको साथी मलाइ नभेटी फर्कन पाउनु हुन्न नि ।"

"हजुर । अवस्य पनि । भाउजू नै भनौ होला हैन अब त ?"  मैले भने " हजुरकै मर्जी ।" 

उसले  हस त भाउजू "  भनेर फोन राख्यो । 

म अति ब्यस्त थिए त्यो बेला मलाइ खासै सामानको बारेमा सोच्ने फुर्सद थिएन पनि । सुत्ने बेलामा सरलसङग सधै कुरा हुन्थ्यो मेरो । आज पनि म्यासेन्जरमा उहीँ इमोटिकेसनको शैलीसङग झुल्कियो उ । " बार्बी गर्ल ! काहा हराएको तिमी ? कति बेर देखि म तिमीलाइ पर्खीरहेको छु । "

मैले भनेू सरल आज थाकेको छु भोलि कुरा गर्ने हस । मैले बुझेकी थिएँ ऊ कुरा गर्ने मुडमा थियो तर पनि  भन्यो – ओके माइ लभ । आइ लभ यु वेवी सी यु टुमरो ।

हामी दुवै अफ भयौ । मेरी हितैषी साथी तरुणिकालाई भनेको थिए हाम्रो प्रेम प्रसंगबारे ।

उसले भन्थी – केटाहरू  केटीको शरीर पाउन प्रेम गर्छन् । तैले सचेत रहनू । हुन पनि ऊ अनुभवी थिई यो कुरामा । जति पुरुषले उसलाइ मन पराए ती सबैले उसको शरीरलाई पहिलो प्राथमिकतामा राखेको महसुस गरी रे उसले । तरुनिकाले सरललाइ हेर्न जिद्धी गर्दा पनि देखाउन सकिनँ । मैले सरलको विपरीत गएर । मलाई देखाउने सही समय आएको छैन जब आउँछ अनि देखाउनु भनेर बाचा नै गर्न लगाएको थियो  उसले मलाई । 

थाके र लखतरान भएको शरीरलाई निन्द्रादेवीको ओढनिले पनि ढपक्कै ढाक्न सकेन । अहँ आँखा पटक्कै लागेनन् अनि सरललाई सिधै म्यासेज गरेर फेसबुकमा बोलाए । ऊ तुरुन्तै देखियो चुम्बनको इमोटिकेसनका साथ अनि लगातार अँगालो मारेको , चुम्बनको वर्षा भएको इमोटिकेसन पठायो । मैले पनि जिस्किने मुड बनाए । तरुनिकाले भनेको जस्तो हुन्छन्  कि हुदैनन त सबै केटाहरू जाँच्न मन लाग्यो । लेखे – सरल आज मलाई तिम्रो सामिप्य चाहिएको छ । के गरौ म । तिम्रो स्पर्शको सुखमा आफैलाई भुल्न चाहन्छु सरल । यस्तैयस्तै  चाहना लेखे । उसले भन्यो  –आस्था , सम्हालेर राख आफूलाई अब  हामी नजिक हुने दिन धेरै टाढा छैन । म हाम्रो सुहागरातको दिन मात्र सम्पूर्ण  रूपले तिम्रो हुने छु अनि तिमी मेरी । त्यो पल विश्वास लाग्यो कि सबै केटाहरू नारी शरीरको भोको हुँदैनन् । त्यो दिनपछि सरलका निम्ति बाटेको प्रेम र विश्वासको डोरी अझ बलियो र गर्विलो भयो ।

दिनहरु बिते । हप्ताहरु बिते । हाम्रो माया झनझन प्रगाढ हुँदै गयो । एकदिन उसले मलाइ च्याटमा बोलायो हामी कुरा गर्दै थियौ । कुरा गर्दा गर्दै हाम्रो बार्ता अन्तरङग हुन थल्यो । च्याटमा सरलका मिठासपुर्ण कुराले निथुरुक्कै भिजे म । सरलले गरेको माया र व्यवहारलाई आधार मानेर मैले आफुलाइ मनमनै सम्पुर्ण रुपमा सुम्पेको थिए । तसर्थ : कतै हिचकिचाहट लागेन उसका अघिल्तिर खुल्नलाइ ।  उसले लेखेका सम्बादलाइ पढ्दा आफुलाइ रोक्न चाहेर पनि रोक्न सकिन । तत्कालका लागि,  यथार्थमा नमिठो लाग्ने मीठो भुल गर्दा अलिकती पनि संकोच लागेन मलाइ । आनन्दको अगाडि सबै कुरा फिका लाग्दा रहेछन । म गलत गर्दैछु भन्ने कुराको आभास नभएको भने होइन तर खोइ के भयो मलाइ त्यस बखत नाजवाफ छु म । नसोचेको नचाहेको एकाएक भएको देखेर आफै आश्चर्य चकित थिए । सायद परि-घटना त्यसैलाइ पो भन्छन कि ।

 भन्सारबाट सामान उकास्ने पैसा दिएको एक महिना बिति सक्दा पनि सामान पाएको थिएन मैले । बिचमा सरलले एकपल्ट भनेको थियो " रमेशले लगेको पैसा काम परेर चलाएछ एक हप्ता पछि दिन्छु भनेको छ ,  के गर्ने नचला पनि भन्न सकिन । भन्सारमा फसेको सामान उफ्फ... कसरी निकाल्ने होला म याहा छु । उफ्फ.... तेत्रो महङ्गो सामान । एकछिन सोचे जसरी भन्यो  उम...." बेबि एसो गरन त तिम्रो नाममा पैसा पठाइ दिन्छु म भोलि बरु तिमी नै निकालन त है । 

मैले भने "हुन्छ नि मसङग पैसा छ अहिले बुबाले पठाउनु भएको म त्यसैले सामान निकाल्छु ।" ठिक छ त्यसो भए तिमीलाइ एउटा बैनिले फोन गर्छ उसले ब्ल्याकमा थोरै पैसामा काम गर्दिन्छ तर उसलाइ थोरै कमिसन दिनु पर्छ है । त्यसो भए ठिक छ आस्था । मैले भने बमोजिम गर्नु तिमीलाइ म भोलि या पर्सि पैसा पठाइ दिन्छु नि त ।"

सरलले त्यत्रो महङ्गो सामान पहिल्यै पठाइ सकेको थियो । उसलाइ शंका गर्ने ठाउँ थिएन । तीन लाख भन्दा बढिको सामान लादा भन्सार तिर्नु पर्ने रहेछ भनेर थुप्रै पैसा बुझाइ सकेको थिए मैले । बीस पच्चिस लाखको हिराको सेटका लागि चार पाच लाख खर्च गर्न गारो लागेन मलाइ । कहिले एसका लागि  अनि कहिले उसका लागि भनेर चानचुन तीन लाख भन्दा बढी पैसा बुझाइ सकेको थिए मैले । एक दिन दुई दिन गरेर महिनौ दिन बिते । अह , हिराको हार हात परेन न त ती दिन बिचमा सरलको अत्तोपत्तो थियो । उसले दिएको फोन नम्बरमा सम्पर्क गरेकि थिए तर त्यो नम्बरमा फोन कहिल्यै उठेन । मेरो मन त्यसै एक तमासको हुन्थ्यो । मैले सबैथोक सरलमा देख्न थालिसकेकि थिए । म त पानी बिना छटपटिएको माछा झै बन्न पुगे अचानक । काममा ध्यान जान छोड्यो । खान मन लाग्दैन`थ्यो न त राम्रो लाउन । मेरो हबिगत  देख्नेहरुका "के भयो र कसो भयो ?" भनेर सोधिने प्रस्नसङग डराउन थाले म । 

आमा बुवा धनकुटामै होलसेल पसलमा ब्यस्त हुनुहुन्थ्यो । म पढ्दै गरेकी अनि आइ.एन.जि.ओ मा काम पनि गर्ने हुनाले आफन्तको नजिकै डेरामा बस्थे । साथिहरु ल्याउन कसैको रोकटोक थिएन । म आफू पनि खुल्ला चरी झै थिए । तलब राम्रै आउने हुनाले आफू बस्ने दुई कोठालाइ चिरिचयाट्टै पारेकी थिए । चाहिने सम्पुर्ण कुराहरु थिए । इनटरनेट पनि थियो । समुद्र पारी बस्ने सरलसङग भेट भएको थियो फेसबुककै माध्यमबाट । माया गाढा पनि फेसबुककै माध्यमबाट भएको थियो ।  टाढा हुनेलाइ नजिक अनि नजिक हुनेलाइ टाढा बनाइ दिएको छ यो बिज्ञानको चमत्कारले पनि ।  बिचमा अचानक सरल अलप भयो फेसबुकबाटै । धेरै दिन सम्म मैले देखिन उसलाइ । सरलको मायाले बलियो बनेको उ प्रतिको मेरो बिस्वासको अग्लो धरहरा गर्ल्यामगुर्लुम ढल्यो र भग्नावसेशमा परिणत भयो उसको माया । भाब गहन र सघन भयो भने शब्दहरुले त्यस्को मापन गर्ने क्षमता राख्दा रहेनछन फलस्वरूप हृदयको गहिराइबाट भाबको सघन अभिव्यक्ति नुनिलो पानी बनेर आखाको किनारा हुँदै आशुमा परिणत हुदो रहेछ !

 दिनहरु तनावग्रस्त बित्दै थिए । आँसुले पीडालाई  धुदै थियो । करीब दुई महिनापछि  हाय  बार्बी गर्ल  भन्दै स्माएल अनि चुम्बनको इमोटिकेसनका साथ झुल्कियो सरल । उसको मायामा तरल बनेकी म ठोस प्राय  भैसकेकी थिएँ । भावनाहरू मृतप्राय  भैसकेका थिए । टुटिसकेकी थिएँ म । उसलाई देख्नासाथ झनक्क रिस उठ्यो । केही लेख्न औलाहरू किबोर्डमा सरेका मात्र के थिए उतैबाट सरि बार्बी गर्ल मैले केही इनफर्म गर्न पाइन । अचानक डयाडको दुर्घटनामा मृत्यु भएपछि ममी विक्षिप्त भएर ट्रमामा जानुभयो डाक्टरको सल्लाहमा म ममीलाई लिएर स्विजरल्यान्ड गको थिएँ । तिमी तनावमा हुन्छौ भनेर केही भन्न सकिन । मलाई माफ गर बार्बी गर्ल । मैले केही भन्न सकिन मानौ,  मेरो मुखमा टम्म बिर्को लाग्यो । सरलले पनि सोधेन त्यो बेला अनि मैले पनि हिराको सेट हात परेको छैन । अझै  भन्न सकिन । ऊ अलप भएको देखेर म नाङगो रुखझै सुक्दै गएकी थिएँ । प्रेमबिनाको जिन्दगी नाङ्गो रुखजस्तो पो हुने रहेछ त । सरल त मेरा लागि फूल र पात रहेछ वसन्त बनेर मेरो नाङ्गो शरीरलाई ढाकेको रहेछ । जब ऊ  अचानक हरायो तब  म नाङ्गो भएकी थिएँ । तर, आज सरललाई देखेर पुनः नयाँ पालुवाहरू पलाए ।  सरलबाट अलग्गै बस्न नसक्ने भएपछि अब बिहे गरौ  भनेर मैले अड्डी लिन थाले । उसले भन्यो – आमालाई थोरै सन्चो हुन्छ अनि बिहे गर्ने  ।  पनि तिमीलाई आजकाल अलिक बढी नै सम्झिन थालेको छु आस्था  । दुवै व्यस्त भयौ केही समय । हाम्रो कुराहरूको फराकिलो आयतन खुम्चिदै आएको थियो । कुरा नभएको चार दिन भएको थियो  । एकदिन आतिदै फोन गर्यो उसले – आस्था, मेरो मामाको छोरीलाई पैसाको खाँचो परेछ । कति छ तिमीसँग, देऊ न है । मैले यहाँबाट पठाउँदा पनि भोलि मात्रै पाउछे उसले । मामाको अचानक अप्रेसन गर्नुपर्ने भएछ । सरल एकदमै आतिएको थियो त्यस्तो बेलामा मैले नाइनास्तिँ गर्न सकिनँ । उसैले दिएको नम्बरमा म आफैले फोन गरे । एउटी केटीले फोन उठाई । पैसा लिन आउन भने । त्यो केटी तुरुन्त आई मसँग सतरी हजार थियो त्यो दिए । ऊ एकदमै हतास देखिन्थी ।बसूँ भने मैले ऊ बस्न मानिन । पैसा लिएर गई खासै केहो बोलिन पनि ।   

सरल सङग फेरि दुइतिन दिन कुरा भएन । मनमनै मौन सम्बाद मात्र हुन्थ्यो । मनले मनलाइ सुन्थ्यो । आखाले आखाको भाका बुझ्थ्यो । अब सबैथोक त मिलेको थियो भने दुई शरीर एक हुन मात्र बाकी थियो । बिस्तारै सरल मप्रती नकारात्मक बन्दै गयो । कारण केही थिएन तर सधै निउ खोज्न झगडा गर्न मौका हेरि रहनथ्यो । एक दिन उ साथिको जन्म दिनमा गएको रहेछ त्याहा हार्ड ड्रीङ्क्स गरेको उसलाइ लागि सकेको रहेछ । मसङग कुरा हुदा उसको कुरा गर्ने शैली सधैको जस्तो थिएन । छाडा प्रवृत्तिका सम्बाद हुन थाले । उसले त मलाइ "निलो चलचित्रमा देखिने जस्तो स्व: क्रीडा गर्न लगायो ।" मैले मानिन । फकाए । सम्झाए । बुझाए केही लागेन । अन्तत : उ झोक्कियो तथानाम गाली गर्यो । म यदि उसको छेउमा भएको भए चिथोर्ने, निचोर्ने, कोपर्ने , कुट्ने सबै गर्थ्यो होला । एउटा भोको सिंह झै देखिएको `थ्यो सरल त्यतिबेला मेरो ल्यापटपको स्क्रिनमा । उसको एस्तो भिमकाय रुप देखेर अवाक बने म । मान्छे चिन्नलाइ सङ्गत गर्नु पर्ने रहेछ । मान्छेको मनस्थिती बुझ्नु सारै कठिन कार्य हो भनेर त्यति बेला नै बुझे मैले । म टोलाइ रहे । ल्यापटपको स्क्रिनमा उ अझै पनि मलाइ मनमौजी गाली गर्दै थियो । साङ्केतिक भासामा छाडा प्रवृत्ति देखाउदै थियो । त्यो दिन पछि म सारै दुखी बने । तर पनि सरललाइ गलत मानेन मेरो मनले लाग्यो , सरल बोलेको हैन रक्सी बोलेको हो  ।  केही दिन मैले उसलाइ पाठ पढाउने बिचा गरे । धेरै दिन मैले फेसबुक खोलिन । न त उसले नै कहिल्यै कल गर्यो । 

आजचाहिँ सरलसँग  म आफै कुरा गर्छु, नियाँस्रो लागेको छ । यस्तै सोच्दै म आफैमा पुलकित हुँदै थिए । अफिसमा  खासै काम थिएन पत्रिका पढेर बसे । सामाजिक सन्जालमा ठगी गर्दै आएका गिरोहको केही सदस्यलाई माहानगरीय प्रहरी अपराध माहाशाखाको साइबर अपराध अनुसन्धान सेलद्वारा समातिएको समाचार पढे । मेरो मुटुको गति रोकिएलाझैं भयो । मनले मानेन सरललाई त्यस्तो पाप सोच्न सकेन तैपनि हतपत फेसबुक खोले सरल शर्मा त फेसबुकमा कतै देखिदैन । म्यासेन्जरमा गएर हेरे – यु क्यान नट रिप्लाई टु दिस पर्सन भन्ने लेखेको थियो त्यहाँ । छाँगाबाट खसेर एकैचोटि चिप्ले ढुङ्गामा पछारिएँ म । उसले दिएको नम्बरमा फोन गरे  

फोन लागेन । आलसतालस भए म । ओठतालु सुक्यो । हावाको बेगझै हुत्तिएर घर गएर सावरमा निकैबेर चिस्याएँ आफूलाई अनि हनुमान ढोकातिर लागे । त्यहाँ त सामाजिक सन्जालबाट ठगिनेको लर्को लागेको रहेछ । कोही प्रेमीद्वारा गुप्त खिचिएको भिडियोको ब्ल्याकमेलमा परेका रहेछन । कोही यौन सम्बादको सिकार भएका रहेछन अनि कोहि टपलेस फोटोको ब्ल्याकमेलमा परेका रहेछन । घटनाका सबै प्रकृति हेर्दा हरेक घट्नामा प्रेम हावी भएको थियो । प्रेमीले प्रेमिकालार्इ ठगेको थियो । सरल शर्माका अरू धेरै नाम रहेछन् । म जस्ता प्रेमिका धेरै रहेछन् उसका । उपहार पठाएर बिहे गर्ने बाचा धेरैलागरेको रहेछ । उनीहरूको त ग्याङ नै रहेछ । हनुमान ढोकाको दृश्य देखेर म उभिएको धर्ती भासिएझै भयो  । आफूमाथिको आकाशले थिचेजस्तै भयो । निसास्सिए म चारैतिर अँध्यारो छायो । शरीरभरि लोकल एनेस्थेसिया लगाएझै भयो । जब बिउँझिएँ टिचिङ अस्पतालको जनरल वार्डमा थिएँ म । मेरा छेउमा महिला प्रहरी उभिएकी थिइन् । आफू ठगिएको बल्ल त्यो बेला थाहा पाए त्यो पनि प्रेमको नाममा ।

म जस्ता शिक्षित नारी त ठगिएँ भने सोझासाझा नारीहरू त पाइलैपिच्छे ठगिन्छन् होला । अस्पतालले बिरामीलाई ठग्छ । बिक्रेताले क्रेतालाई । साथीले साथीलाई । प्रेमीले प्रेमिकालाई । हो  कत्रो भ्रममा फसेकी रहेछु म । हेर्दाहेर्दै आफू हिडेको बाटो भासियो । सहज बाटामा यात्रारत यात्री म, गन्तव्यमा नपुगी कता मोडिए कता । फर्कन सक्ने सामर्थ्य देखिन मैले । आफू हिँड्ने बाटोको नक्सा आफै कोर्नुपर्छ भन्ने लाग्थ्यो तर उकालोओरालो र समथर बाटोको नक्सा त समय, परिस्थिति र परिघटनाले कोर्दो रहेछ अनि हामीचाहिँ त्यो बाटामा यात्रारत यात्री रहेछौ । मलाइ डिस्चार्ज गरियो । केही कानुनी प्रक्रियाका लागि म हनुमान ढोका प्रस्थान गरेँ ।

प्रकाशित: ८ भाद्र २०७७ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App