२७ आश्विन २०८१ आइतबार
image/svg+xml

सानो खरायो

अब कसो गर्ने हो भोकै पो मर्ने भो ऊ कतै भाग्यो कि केले टिपी लग्यो कि । साह्रै पीर भा’को छ यही बाटो गा’को छ माया साह्रै ला’को छ कसो गरूँ भा’को छ ।

धेरैपछि भेट्दा उनलाई कस्तोकस्तो लाग्दै थियो

मनको कुरा खोलु थियो दुःख पनि पोख्नु थियो कसरी पो पोखूँ व्यथा सिन्दूरले छेक्दै थियो नखोलूँ त मनमा पीडा खोलुजस्तै लाग्दै थियो कतै खुशी कतै पीडा मनभित्र जाग्दै थियो ।

मायाको फूल फुल्ने प्रत्येक प्रहर छ मेरो

तिमीलाई बसाउन दिलमा शहर छ मेरो मायाको फूल फुल्ने प्रत्येक प्रहर छ मेरो भनिदेऊ एकपल्ट हुन्छ भनेर ए प्रिय तिमीसँगै जीवन बिताउने रहर छ मेरो ।

झन्डा

छोरा !यो झन्डा हेर त, दुई रातो अर्धत्रिकोणको वरिपरि निलो किनारा, दायाँ फर्किएका त्रिकोणको अद्वितीय संयोजन, अर्धचन्द्र सूर्य अंकित यो झन्डाले हाम्रो समस्त अस्तित्वबोध गर्छ । बलिदान, शान्ति र समृद्धिको प्रतीक यो झन्डा हाम्रो जङ्गी निशान हो, प्रेरणा हो, अमर सम्पदा हो, यो हाम्रो गौरव हो ।

क्यानभासमा उज्याला अनुहारहरू

पोखरेली कलाकार कृष्ण मर्सानी हरेक बिहान एक जना सत्पात्रको मुहारचित्र बनाएर आफ्नो दिनको शुभारम्भ गर्छन्।

एकैनास कहाँ हुन्छ , जीवनको यात्रा ?

पदसँगै प्रतिष्ठा, धान्न जान्नु पर्यो सही कुरा अरूको नि, मान्न जान्नु पर्यो।एकैनास कहाँ हुन्छ , जीवनको यात्रा ? शिखर सधैं मेरो होइन, जान्न जान्नु पर्यो ।

सधैं साथ दिने हाम्रो बुवा

कसैको तारिफको आस नगर्ने केही कुराको घमण्ड नगर्ने चूपचाप आफ्नो काममा अघि बढिरहने, हाम्रो बुवा ! सहनशीलता भनेको के हो, हाम्रो बुवासंग सिक्नू प्रगतिशीलता भनेको के हो, हाम्रो बुवासंग सिक्नू हुन सक्छ आफूले चाहेको जस्तो भएन जीवन , तर, दृढ संकल्प भनेको के हो, हाम्रो बुवासंग सिक्नू ।

माटोको माया

म छिट्टै आउँदैछुजव आउँछुस्वतन्त्र आखाले हिमालको उचाई नाप्न सकुँबासुरीबाट शान्तिको धुन निकाल्न सकुँमेरा बाकी सपना फूलाउनमेरै रगत र पसिनालेआफ्नै पखेरु भिजाउनम छिट्टै आउँदैछुतर बिन्ती छ मेरोमैले माटोमा टेके पछिफर्की हेर्न नपरोसअर्को देशको माटो ।

माटोको माया

म छिट्टै आउँदैछुजव आउँछुस्वतन्त्र आखाले हिमालको उचाई नाप्न सकुँबासुरीबाट शान्तिको धुन निकाल्न सकुँमेरा बाकी सपना फूलाउनमेरै रगत र पसिनालेआफ्नै पखेरु भिजाउनम छिट्टै आउँदैछुतर बिन्ती छ मेरोमैले माटोमा टेके पछिफर्की हेर्न नपरोसअर्को देशको माटो ।

अंशबन्डा

तीनवटै छोरा र समाजको मुख खुलाको खुला नै रहिरह्यो, जस्तो कि कुनै नयाँ–नौलो कुरा भएको छ ।यसलाई भन्छन् प्रभावकारी फैसला । फैसला सन्तानले होइन आमाबा आफैंैले गर्नुपर्दछ ।वर्तमानमा हरेक बाआमाले हाम्रो समाजमा पनि यस्तै खाले फैसला गर्न आवश्यक छ ।

काठमाडौंको नाकले पाथीभरा फेदीमा श्वास फेर्दा

अहा यो कन्याम चिया बगान ! पुग्नुभएको छैन भने पुग्नुस् । यो छुट्छ । छुट्यो भने जिन्दगीको एउटा सस्तोमा पाइने रमाइलो छुट्छ । मेरा छोरी, ज्वाइँ, सम्धी, सम्धिनी, सविन र सिन्डी (कुकुर) यी सबै रमाएका छन् । उफ्रेका छन् । नाचेका छन् । हाँसेका छन् । फोटो र भिडियोको तालमा सुरम्य आनन्द बटुलेका छन् । सम्धिनीज्यू भन्नु हुन्छः ‘यहाँ त बास बस्दै आउनुपर्ने रहेछ’ ।

हजार घाम सहेर फुल्छ फूलको थुँगा

घाम सहेर फुल्छ फूलको थुँगा हजार चोट सहेर नै देवता बन्छ ढुंगा चढाएर फूललाई मन्दिरमा बलि माफी माग्छ देवतासित आफ्नैलाई छली विरहमा रोयो साइली विनायो मुर्चुंगा हजार चोट सहेर नै देवता बन्छ ढुंगा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्