त्रिविक्रम पाण्डे
बा – श्यामशरण
जेठो छोरो– दुर्गेश
माइलो छोरो– सुमेश
कान्छो छोरो– सुरेश
रमेश –
‘बुवा, समाज भेला भयो, अब अंशबन्डा गरिदिनुहोस् ।’
समाज –
‘जब समूहमा व्यवहार चल्दैन तब छोराहरूलाई भिन्न गराइदिनु नै ठीक हुन्छ । भन, श्यामशरण अब तिमी कुन छोरासँग बस्न चाहन्छौ ?’
समाजले श्यामशरणसँग सोध्यो ।
दुर्गेशले भन्यो, ‘होइन यसमा केको सोध्नु , चार महिना बुवामसँग बस्नुहुन्छ अनि चार महिना माइलासँग फेरि चार महिना कान्छासँग बस्नुहुन्छ ।’
समाज – लौ तिम्रो त फैसला भयो । अब गरौं सम्पत्तिको भागबन्डा ।
श्यामशरण –
(जो घोसे मुण्टो लगाएर बसेका थिए, एकाएक चिच्याएर बोले,)
‘कस्तो फैसला, केको फैसला ?’
अब म गर्नेछु फैसला यी तीन जनालाई घर बाहिर निकालेर चारचार महिना आलोपालो गरेर यी आएर बसून् मसँग अनि बाँकी महिनाका लागि आफ्नो व्यवस्था आफैं गरुन्...’
‘सम्पत्तिको मालिक म हूँ , यी होइनन् ।’
तीनवटै छोरा र समाजको मुख खुलाको खुला नै रहिरह्यो, जस्तो कि कुनै नयाँ–नौलो कुरा भएको छ ।
यसलाई भन्छन् प्रभावकारी फैसला । फैसला सन्तानले होइन आमाबा आफैंैले गर्नुपर्दछ ।
वर्तमानमा हरेक बाआमाले हाम्रो समाजमा पनि यस्तै खाले फैसला गर्न आवश्यक छ ।
प्रकाशित: ११ भाद्र २०७७ ०५:५९ बिहीबार