अगम विकराल
धेरैपछि भेट्दा उनलाई कस्तोकस्तो लाग्दै थियो
कतै खुशी कतै पीडा मन भित्र जाग्दै थियो
उनीलाई भेट्दा आज अतीत सम्झी रम्दै थे
सिन्दूरपोते देखे र मन पनि कुँडिदै थ्यो
नबोलूँ त उनीसामु नजर भने झुक्दै थियो
कतै खुशी कतै पीडा मन भित्र जाग्दै थियो
मनको कुरा खोलु थियो दुःख पनि पोख्नु थियो
कसरी पो पोखूँ व्यथा सिन्दूरले छेक्दै थियो
नखोलूँ त मनमा पीडा खोलुजस्तै लाग्दै थियो
कतै खुशी कतै पीडा मनभित्र जाग्दै थियो ।
प्रकाशित: १२ भाद्र २०७७ ०९:४८ शुक्रबार