२७ आश्विन २०८१ आइतबार
image/svg+xml

उपेक्षित घाम

बाबू, कैले आउँछ जिन्दगी फर्केर कल्ले भनेका छन् म फर्किएँ। मैले कति छिचोले हुँला चुनौतीका पहाड कति थेगे हुँला अभावको भारी र कति खेपे घामपानी। किन देख्दिनँ म तिम्रो अनुहारमा हाँसो किन पाउँदिनँ म हिउँदे नदीको वेग किन श्रापित देख्छु तिम्रो जिन्दगी।

वर्तमानको विडम्बना र भविष्यको सपना

बर्सौंदेखि देश कर्मशीलहरूको मूल्यसँग पहिचानको खोजीमा लोकप्रियता हासिल गर्न उद्दत छ । समय सापेक्षता अनुकूलप्रतिकूल दोसाँधमा छटपटाउँदै जीवन चक्रहरूमा भौतारिरहेछ । छुट्टै पहिचानको खेल खेल्दै समयको कठघरामा उभिएर एकतमासको संकोचको खेती गर्न डिल कुरेर बस्ने एक हूल बकुल्लाहरू क्रोनिक डिजिजझैं देशकै खाटा उक्काइरहेछन् निरन्तर—निरन्तर ।

छोरा विदेश , बुहारी शहर, गाउँघर शून्य पारेर गए

छोरा विदेश , बुहारी शहर, गाउँघर शून्य पारेर गए बूढेसकालमा बाउआमाको, कठै आँसु झारेर गए मर्ने बेला एकै मुठी, मुखमा पानी कसले देला सन्तानहरू गाउँघर छोडी, यस्तो माया मारेर गए।

बायोस्कोप

फेरि एकपल्ट मलाई मेरो बाल्यकाल देऊ त्यो सुन्दर बायोस्कोप देउ आमा सिंगो मेरो चन्दामामाको घर देउ मेरी आमा बदलामा बरु मलाई नै लैजाउ । आँसुले आँखा रसाउँदै अधकल्चो निन्द्रामा, रातहरू यो सोचमा कटिएको छ कि म किन बाल्यावस्थामा दृढ थिएँ किन आमाले मलाई यस्तो झूठो बायोस्कोप हेर्न सिकाउनुभयो ।

आत्महत्या रोकथाममा सबैको सहकार्य

विशेष व्यक्तिहरूको आत्महत्याका समाचारले जनमानसमा एक किसिमको नैराश्य ल्याउँछ। यस्ता व्यक्तिको आत्महत्या सम्बन्धी समाचार प्रसारण गर्दा अझ सजगता अपनाउनुपर्छ। किनभने कति मानिसले तिनका डाइहार्ट फ्यान हुन्छ। तिनलाई आइडल र रोलमोडलका रूपमा लिएका हुन्छन। त्यसैले तिनले आत्महत्या गरेका समाचारले उनीहरूमा आघात पर्न सक्छ र आवेगमा आएर आत्यमहत्याको बाटो रोज्ने सम्भावना हुन्छ।

नवराज रिजालका पाँच लघुकथा

श्रीमती समेत विपक्षमा उभिएपछि अन्त्यमा उनको जोडबल फिक्का भयो । छताछुल्ल वर्तमान निर्वस्त्र बनेको ठाने । वर्तमान मानसिक सन्तुलन गुमाएको बिरामीझैँ डुलिरहे जस्तो लाग्यो । मनमनै अबदेखि अवरोध नगर्ने अठोट गरे । कतिपय आफन्तको सल्लाह पनि यस्तै थियो । ती कल्पनाको फुलबारी मनमा गोड्दै आकाशमा उडे ।

राक्षसगण

देवगणकी शालिन उर्मालाई राक्षसगणकी र उदण्ड बनाउन खोज्ने ज्योतिषी पहिलोपल्ट फेल भयो । दशौँ वर्षको उनीहरुको प्रेम सम्बन्धमा थुप्रै तघाराहरू लागे पनि अन्त्यमा समूल निकास निस्कियो । उनीहरु दुवैै जीवनदेखि हारेनन् । बरु दम्भले जित्न खोज्नेहरूलाई सधैँका लागि हराए । परिणामतः उर्मा उपाध्याय र आशिष सुनारको लगनगाँठो कसिलो गरी बाँधियो । उनीहरूले चाहेजस्तै ।

मृत्यु घुम्छ चारैतिर, त्रास फैलिरहेछ

दिन बिते रात बिते महिना कति बिते हिउँद ग्रीष्म ऋतुहरू कति बितेबिते मान्छेमान्छे बिचको दूरी किन बढ्दै गाको दिन फिर्छ भन्दाभन्दै बाबुबाजे बिते ।

अर्थतन्त्रले भोगेको संकट

लकडाउनभन्दा निषेधाज्ञामा धेरै व्यवसाय प्रभावित भएका छन्। काठमाडौं, पोखरा, चितवन विराटनगर, वीरगंज लगायतका धेरै व्यापार हुने ठाउँ अहिले ठप्प छन्। यी व्यापारिक नगरी पूर्ववत् संचालनमा कहिले आउने निश्चित छैन्। कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाले गरिखाने वर्ग समाप्त हुने चरणमा छन् ।

फोटो

"हैन के भनिबक्सेको । के साँचो हो र ।" " के गर्ने त कमाइले न पुग्ने भए पछि ।" "भो म अब धेरै फुरमास गर्दिन । बरु गहना सबै बेचेर घर बनाउँछु । बरु उसलाई त्यहाँबाट लखेटी दिनुहोस् ।" " तिमीलाई साडी पठाउँन के गरौँ त अब ?" " भो पर्दैन । " "फेरि तिमी रुन्छौ की ?" " म किन रुने झन् खुशी हुन्छु । बरु उसलाई देखाउनु न एकपल्ट हेरौँ । " "त्यो त तिम्रो फोटो पो हो मैंया ।"

चरा र नानीहरू

चराहरू कथा बन्छन् किताबहरूमा, नानीहरू पढ्छन् र रमाउँछन् अनि रहरहरूका चरा बनाउँछन् र उडाउँछन् ।लट्टाईबाट धागो बोकेर फुत्किएको चंगा बन्छन् नानीहरूका एकहुल रहरहरू एकाएक ।

कुरूप समयको बयान

कुरूप समयको शय्यामा यतिबेला छटपटाइरहेछ रोगले ग्रस्त बूढो पृथ्वी उपचार गर्न नसकेपछि गालामा हात राखेर प्रयोगशालाको कुनामा झोक्राइरहेछ विज्ञान ।

लकडाउन –२ अर्थात् सेल्फआइसोलेसन

हरि ऊ बेलाकी सावित्री पतिव्रता भएकीले यमराज डराए । पति बाँचे । अहिलेका सावित्री जाँडरक्सी खानी, डान्स डिस्को जानी, सोह नपुग्दै व्रत मास्नी अनि किन डराउनी, जे आइलाग्छ त्यै गर्नी नानी । (कृष्ण फेरि खोक्न थाल्छ । सबै जना सिरियस देखिन्छन्)

पुरस्कार

कार्यक्रमका अन्य वक्ताले पनि निकै इमानदार कर्मचारीलाई पुरष्कृत गर्न पाइएकोमा खुशी व्यक्त गर्दै आफ्नो मन्तव्य टुंग्याए । कार्यक्रमका आयोजकमध्येका एक अतिथिले माइकअघि उभिएर शानदार मन्तव्य व्यक्त गरे, तपाईं पुरष्कृत हुनुहुने कर्मचारीहरूको इमानदारिताबाट यो सरकार गद्गद् भएको छ । तपाईंहरूले यसै गरी देशको सेवा गर्नु होला । यस्तै कर्मचारी हुने हो भने यो देश दश वर्षमा धेरैमाथि पुग्नेछ । यति भन्दै ...!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्