२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

लकडाउन –२ अर्थात् सेल्फआइसोलेसन

नाटक

लव गाउँले

 

स्थान – केन्द्रीय राजधानीको आधुनिक घरको एउटा किचनसहितको लिभिङ रुम

समय – चौबीसै घण्टा

पात्र  – राम, कृष्ण, हरि, श्याम, विष्णु, सावित्री, पुर्वा (भान्छा सहयोगी) र नेपथ्यमा अरू कोही

उमेर –  फुर्वाबाहेक अरू गधापच्चिसे वरपर (बुद्धिव्यवहार पनि गधाकै वरपर)

 

(भन्नलाई एकान्तवास भनिएको छ । कोठामा चर्को आवाजमा अंग्रेजी संगीत बजिरहेछ । केटाहरू झन्डै नारिएर बसेका छन् । हातहातमा ह्विस्कीबियरको गिलास बोकेर संगीतको धुन दब्ने गरी चर्को आवाजमा कुरा गरिरहेछन् । हुन त यी सबै शिक्षित र हुनेखानेका छोराछोरी हुन् तर जन्मजात पटक्कै अनुशासन नभएकाले बोलीमा यिनीहरू मा...नि.., मु...इ , ला... ओ  साला, भाते, र...डीको छोरो आदि छाडा कोर्स शब्द प्रयोग गरिरहन्छन् । संगीतको धुन र केटाहरूको हल्ला मधुरो हुँदै गएपछि कोठामा छाएको मधुरो प्रकाश छरिएर उज्यालो हुँदै आउँछ । फुर्वाले ट्रेमा लसुनका पोटी, अदुवाका चानासहितको साँधेको भटमास, हाकु छोयला पोलेर साँधेको राँगोको मासु, टिकन बजी, भक्तपुरे चिउरा,, आलु–बोडी–तामाको झोलको बटुकोसहितको प्लेटहरू डाइनिङ टेबुलमा राख्छ जहाँ पहिलेदेखि नै नवीनतम ब्राण्डका ह्विस्की तथा बियरका बोतलहरू मुन्टो ठाडो पार्दै उभिरहेका छन् । टन्न घिचि ए हैन खाइसकेपछि उनीहरूको विवाह नभए पनि तासको म्यारिज खेल्न बस्छन् । सोफासँगैको गलैंचालाई सावित्री तानतुन पारेर सजाउँछे र ऊ आपूm पनि खालमा बस्छे ।

 

दृश्य एक

कृष्ण (तास बाँडिसकेपछि अन्तिम पत्ता बुकमाथि पल्टाउँदै) ल मलाई डबल म्यारिज परोस् है ?

राम –  तेरो त आउने असारमा विहा हुने भनेको हैन ? दुइटा ‘बे’ गर्ने हो र ?(सबै गललल्ल हाँस्छन्)

कृष्ण –  भनेर के गर्ने देखिनस् कोरोना आतंक?

(हरि)   (पत्ती तानेपछि सिक्वेन्स मिलेछ क्यार तासलाई च्वाक्क गर्दै)असार गए के भो र, कात्तिक, ए मंसीर जिन्दावाद नि !  

श्याम  –  तेरो प्रेमिका त लकडाउनअघि अमेरिकाबाट फर्केकी । एअरपोर्टमा स्वागत गर्न गइनस् ?

कृष्ण गएँ ।

विष्णु त्यत्रो वर्षपछि फर्केको । केके भनिस् केके गरिस् त ?

कृष्ण – के भन्नु नि । हाइहलो भनियो । अलिअलि हगसग गरियो । यसो कुना च्यापेर किससिस गरियो ।

सावित्री (लाज मान्दै) छ््या यो किस्न दाइ पनि ।

हरि  –     (बुकबाट तास तान्दै) के छ््यानि । तिमी पनि त पोइ नपार छटपटिरा’छौ, के छ््या?

सावित्री(झर्किंदै) नचाहिने कुरा ।

श्याम(भुइँबाट आपूmलाई चाहिने कार्ड चोर्न खोजेको बेला हात लटपट लिएर अलमलिँदा सबैले देख्छन्)

राम–  थुक्क ! न्यायाधीशको छोरो भएर तास चोर्ने ? यसको बाउले अनुहारको रंगरोगन मिलार नाम राखेका रहेछन् श्याम ! मान्छे पनि कालो मन पनि कालो ।

    विष्णु  – यसको बाउको अनुहार पनि त कालै छ नि । यो तास चोर्ने । यसको बाउ सर्टिफिकेटमा उमेर चोर्ने भैखाको । खाको पेन्सन नै छेर्नुप¥यो विचरा !

श्याम (रिसाउँदै) हेर् तिमीहरू यो गैसकेको कुरा नगर । मसँग पनि छ तिमीहरूको परिवारको कुरा, गर्दिऊँ ? (सबै जना चूप लाग्छन् । श्याम झोलाबाट एउटा साहित्यको किताब झिकेर भुइँमा पछार्छ रिसले । संयोगले त्यो किताबको लेखक विष्णुको बाउ हुन्छ)

हरि       (किताब हातमा लिएर ओल्टाईपल्टाई हेर्दै) ए यो त मदन पुरस्कार प्राप्त राम्रो आख्यानको  किताब हो नि । विष्णुलाई बधाई है तिम्रो बाउले यति राम्रो किताब लेखेछन् ।

    राम –  के बधाई दिनु यार ! एकाध महिनाअघि यो किताबको लेखकलाई अख्तियारले तीस लाखभन्दा बढी भ्रष्टाचारको अभियोग लगाएपछि यो राणाको अपुताली खाएर साहित्यको लागि हैन चाकडी शोख र लहडको निम्ति राखेको पुरस्कारको अर्थ त यसै थिएन तथापि यो पाएर गर्व गर्नेहरूले भ्रष्टाचारको रंग मिसाएर यसलाई झन् गन्हाउने बनाए ।

सावित्री  – यो उच्चपदस्थ साहित्यकारहरूको मति के भाको होला । यिनीहरूको रचना वा कृति कुनै पनि तहको शैक्षिक कोर्समा राखेको भए तत्काल हटाउनुपर्छ । भ्रष्टाचार पनि गर्ने, कलेज विश्वविद्यालयमा नाम पनि संरक्षण गर्ने मौका दिनु हुन्न । यिनीहरूको किताब पढेर भोलिका युवाहरूका भविष्य के होला?

कृष्ण  –  भोलिको कुरा छोड सावित्री । आज बाँचिए भोलि सोच्ने हो । यो साहित्य, राजनीति, कूटनीति अहिले बन्द गर । फुर्वा किचनमै अनमरिरा’होला अलिअलि ह्विस्की र बियर सर्भ गर ।

सावित्री  –  हस् । (यत्तिकैमा श्यामले बाजी शो गर्छ पचास रुपैयाँ पोइन्ट गेममा पच्चीसको मालसहित शो  गर्दा झन्डै पच्चीसतीस हजार रुपैया सोहोर्छ । सावित्री क्रमैसँग ह्विस्की र बियर हाल्दै जान्छे । यत्तिकैमा फुर्वा प्रवेश गर्छ) ।

फुर्वा   –   कृष्ण सर ! (अड्कीअड्की) आजभोलि यो कक्डाउन कि केरे ?

    कृष्ण     ए मोरा ! कहाँ कक्डाउन भनेको ? आइमाईहरूले सुने भने मार्छन् बज्ज्या । तै सावित्री पनि बाहिर गा’छे र पो । लकडाउन भन्न कुकुर, भाते लकडाउन !

पुर्वा     यो कक् ए, लकडाउन भएसि बाटो नि सुक्खा, बस मिनिबस नि सुक्खा, पाकेटमार नि  सुक्खा, हाम्रो बाउको खल्ती नि सुक्खा ।  

कृष्ण      तेरो बाउको खल्ती कसरी सुक्खा ए बजिया?

पु–र्वा     मेरो बाउको काम अ सही भए नि दर्जा सई क्या । मिनिबस, बस ठेलमठेल भएको बेला पाकेटमार दाइहरूले बाउको खल्ती टुन्न बनाइदिन्थे ।

कृष्ण     लल मुर्दार । तँ घर जाने बेलामा तेरो खल्ती टुन्काइदिउँला ।

पु–र्वा(बुभ–े नबुभ–े जस्तो हेँहेँ गरेर हाँस्छ ।) (पर्दा)

 

 

दृश्य दुई

स्थान –  उही

पात्र  –उही

समय अन्तराल – ३ दिनपछि

 (उही संगीत । उही चर्को आवाज । उही हल्लागुल्ला । उही माहौल । फुर्वा खानेकुरा लल्याइरहन्छ र ‘यो कक्डाउन कैले बन्द हुन्छ’ भनेर कृष्णलाई सोधिरहन्छ । कृष्ण आँखा तरिरहन्छ । सावित्री ऐनासामु बसेर मेकअप किटसँग खेलिरहन्छे । मार्लोबोरो चुरोटको धूवाँले कोठा नै धूमिल देखिन्छ । कोही टिभीमा युट्युव च्यानल लगाउन रिमोट थिच्दै हुन्छ । कृष्ण चुरोटको अन्तिम सर्को मजाले तानेर बट एस्ट्रेमा ठोस्छ । यत्तिकैमा ऊ खोक्न थाल्छ र खकार नआए पनि झ्याल खोलेर पिच्च थुक्छ ।)  

   राम तँलाई यो खोकी कैलेबाट लाग्न शुरू भो ?

कृष्ण  –     दुईतीन महिना भो यार ! औषधि खाएपछि ठीक हुन्छ ।

हरि   –     (श्यामलाई) नेपाली सिनेमा लगा न । हेरेर भए पनि माया गर्नुपर्छ ।

   विष्णु  –      माया गर्नेखालको सिनेमा बने पो । अब डाइरेक्टर स्टिल क्यामरा (पहिले एनालग अहिले डिजिटल) ले फोटो खिच्न लागे पनि ‘एक्सन’ भन्ने, लालपुर्जा हेर्न नजान्ने प्रड््युसर त्यै लालपुर्जा बन्धकी राखेर सिनेमा बनाउने र सिनेमा, हलमा नचलेर कुहिँदा पनि जुनियर कलाकार र प्राविधिकलाई पारिश्रमिक नदिने, संगीतकार बलिउडको धुन चोरिरहने, पटकथाका र (धट् कथाकार ?) अर्काको स्क्रिन प्ले सारिरहने अनि कसरी बन्छ माया गर्ने सिनेमा ?

हरि   –    (श्यामलाई) भैगो । टिभी बन्द गरिदे यार ! (श्याम रिमोटको स्टप बटन थिच्छ)

श्याम(रामतिर हेर्दै) सारै बोर हुने छाँट देखियो । एउटा गीत गान । तँ त  मेरो  शौचालय गायक होस् क्यार ।

     राम(झर्किंदै)गाउँदिन म ।

कृष्ण  –     किन झर्केको ?

     राम गाएर के गर्नु ? मेरो स्वरै होइन भन्दिन्छन् ।

     विष्णु  –     कसरी ?

    राम(उदाहरण दिँदै) देखेनौ तिमीहरूले ? सत्तरी करोड बार्गेनिङ गर्ने मन्त्रीको अडियो रेकर्ड देशका प्रमुखले नै घुमाउरो पारामा मन्त्रीको आवाज हैन भन्दिए । अनि के गाउनु ?(सबै मुखामुख गर्छन् । यत्तिकैमा कृष्ण फेरि खोक्न थाल्छ । कफ आउँदैन । सुक्खखोकी ।)  

कृष्ण   –    म एकछिन रेष्ट गर्छु । (गएर सोप–ामा बस्छ । सावित्री थर्मोमिटर ल्याएर कृष्णको जिब्रोमुनि राख्छे ।)

सावित्री(एक मिनटपछि डिग्री झिकेर हेर्दै) ओहो राम दाइ । ज्वरो १०२ डिग्री पो छ त ।

     राम(आत्तिदै)हो र ?

श्याम(सम्झाउँदै) –  यो आत्तिने बेला हैन । धैर्य गर्नुपर्छ ।

      हरि –       (ओठमा बनावटी हाँसो ल्याउँदै)अध्यात्म कृष्ण सोह« सय गोपिनीसँग नांगै जलथल क्रिडा गर्थे । केही भएन । इभेन एड्स पनि लागेन । यो मोरो भौतिक कृष्णले अमेरिका रिटर्न पे्रमिकालाई एक किस खाथ्यो होला ।  

      विष्णु   –    यो मोरा डेविड–२४ (चिण्डे तालु) सारै चञ्चले छ । एअरपोर्टमा यसले कोविड–१९ त सारेन ?

सावित्री (डराउँदै) आबुई । मलाई डर पो लाग्यो ।

         हरि ऊ बेलाकी सावित्री पतिव्रता भएकीले यमराज डराए । पति बाँचे । अहिलेका सावित्री जाँडरक्सी खानी, डान्स डिस्को जानी, सोह नपुग्दै व्रत मास्नी अनि किन डराउनी, जे आइलाग्छ त्यै गर्नी नानी । (कृष्ण फेरि खोक्न थाल्छ । सबै जना सिरियस देखिन्छन्)

       राम(बोलाउँदै)फुर्वा, ए फुर्वा ?

फुर्वा(ट्राउजर तान्दै दौडँदै आएर) हरे यो कक्डाउन, ए लकडाउनमा पनि फुर्सतै पाइएन ।

       राम   –      सुन् । हामी एम्बुलेन्स बोलाएर अस्पताल जान्छौं) । तँ घरको राम्रो रेखदेख गर है ?

फुर्वा       हस् भनेर ट्राउजर तान्दै जान्छ ।

       राम(मोबाइलबाट नम्बर थिच्दै एम्बुलेन्सको लागि कल गरिरहन्छ । कृष्णबाहेक बाँकी सबै रामको वरिपरि झुम्मिरहन्छन् ।) (पर्दा)  

प्रकाशित: २३ भाद्र २०७७ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App