२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

मृत्यु घुम्छ चारैतिर, त्रास फैलिरहेछ

मुक्तक

 गंगा दाहाल न्यौपाने 

 

                   १

मृत्यु घुम्छ चारैतिर, त्रास फैलिरहेछ  

अनिकाल भो चारैतिर , आश मैलिरहेछ

नभएको खुशी  देखाउँ मैले  कसो गरी

फुलिरहने गुराँस आज,  किन ओइलिरहेछ  ।

                 

                          २

 

 दिन बिते रात बिते महिना कति बिते

हिउँद ग्रीष्म ऋतुहरू कति बितेबिते

मान्छेमान्छे बिचको दूरी किन बढ्दै गाको

दिन फिर्छ भन्दाभन्दै बाबुबाजे बिते ।

 

                      ३

 

बढ्दो चिन्ता सबका मनमा छ, सुन्छ कसले

कालोमैलो बोकेर मनमा कान, थुन्छ उसले

हुन्छ त्यही निस्वार्थी जगतमा, सत्ता हात नपरे पनि

नबसौं अर्काको मुख ताकी भनी, आँट्छ जसले ।

 

                       ४

 

दुःखी जो छ  त्यो, दुखमै मर्छ

 यस्तै चाला रहे,  अझै  धेरै वर्ष

भेट्न गाह्रो छ  यहाँ, शुद्ध देशभक्त

स्वार्थ फालेर आफै जुट्नुपर्छ ।

 

                      ५

 

चिन्ता मात्र बोकेर नबसौं, खाली

जुटौं एक भएर रिसराग, फाली

रोएकी जननीको आँसु, पुसेपछि

सब देशवासीको पाइन्छ, ताली ।

प्रकाशित: २४ भाद्र २०७७ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App