२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

वर्तमानको विडम्बना र भविष्यको सपना

कविता

जयन्ती स्पन्दन  

 

बर्सौंदेखि 

देश 

कर्मशीलहरूको मूल्यसँग  

पहिचानको खोजीमा

लोकप्रियता हासिल गर्न उद्दत छ ।

समय सापेक्षता

अनुकूलप्रतिकूल

दोसाँधमा छटपटाउँदै

जीवन चक्रहरूमा

भौतारिरहेछ ।  

छुट्टै पहिचानको खेल खेल्दै

समयको कठघरामा उभिएर

एकतमासको संकोचको खेती गर्न  

डिल कुरेर बस्ने एक हूल बकुल्लाहरू

क्रोनिक डिजिजझैं देशकै

खाटा उक्काइरहेछन्

निरन्तर—निरन्तर ।

जेमा खायो त्यहीँ ओकल्नु  

कत्तिको बुद्धिमता हुन्छ ?

आफ्ना विवश अस्तित्व बेचेर

जिन्दगीका स्वर्णिम पाना च्यात्दै

समयसँगै मोलमोलाइ गर्दै

आफ्नै आमाको नाउँमा पौठेजोरी खेल्न ?

ए सम्बद्ध कर्मशीलहरू हो !

सुदृढ संकल्प बोकेर

दिगो विश्वास तुनेर  

साकार भविष्य बनाउने सपनामा

मानवीय असल चाहनाअनुरूप

पलपल बढिरहूँ ।

शान्त स्निग्ध मनमस्तिष्कमा  

देशमा भविष्य चिन्तनहरू

भरियून् सदैव हृदयका अन्तरकुन्तरमा  

बौद्धिकताका भकारीहरूमा  

सिर्जनशील तिम्रा हातहरूमा ।

प्रकाशित: २६ भाद्र २०७७ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App