१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

नेपाल एयरलाइन्सको एउटा जहाज भैरहवा विमानस्थलमा दुर्घटना भएको छ। ९ एन एकेएस जहाज अवतरण गर्नेक्रममा दुर्घटनामा परेको हो। नेपाल एयरलायन्सका प्रवक्ता दामोदर श्रेष्ठका अनुसार अवतरण गर्ने क्रममा पछाडिको बायाँ पट्टिको टायर पंचर भएर दुर्घटना भएको हो।

गौतम बुद्ध विमानस्थलमा तीन समितिको चासो

आधा वर्षभन्दा बढी समय अवरुद्ध भएर केही दिनदेखि निर्माण कार्यमा तीव्रता पाइरहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे व्यवस्थापिका संसद्का विभिन्न समितिहरूले चासो बढाएका छन् ।

जुफाल विमानस्थलमा परिक्षण उडान हुँदै

कर्णालीको डोल्पा जिल्लामा रहेको जुफाल विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपालगञ्जबाट जहाजले यो विमानस्थलमा परीक्षण उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय डोल्पाले जनाएको छ। आयोजना प्रमुख वीरप्रसाद शाहीका अनुसार सफल परिक्षण उडान पछि नियमित रुपमा हवाई सेवा सञ्चालन हुने भएको छ।

सिड्नी विमानस्थलमा जब दुई जहाज आमनेसामने भए

अष्ट्रेलियाको सिड्नी विमानस्थल अष्ट्रेलियाको एउटा महत्वपूर्ण विमानस्थल हो। यो विमानस्थल आधारित भएर क्वान्टास एयरवेज सञ्चालन हुन्छ। यो बाहेक भर्जिन अष्ट्रेलिया, जेटस्टार एयरवेजसहितका विमान कम्पनीहरुले पनि यो विमानस्थललाई आफ्नो दोस्रो हबको रुपमा राखेका छन्।

खाद्य संस्थानको चामल विमानस्थलमा नै कुहियो

नेपाल खाद्य संस्थानले हुम्लाका लागि पठाएको खाद्यन्न मुगुको ताल्च विमान स्थलमा नै कुहिएको छ।

विमानस्थलमा लेदो हटाउन सेना परिचालन

विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ। साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो। विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ। करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो गरी लेदो हटाउनेलगायतका कार्यका जुटेका छन्।

विराटनगर विमानस्थलमा तीन फिट पानी

लगातारको भारी बर्षाले अति आवश्यक सेवालाई समेत अबरुद्ध बनाएको छ। टेलिफोन र मोवाइल सेवामा शनिवार विहानैदेखि समस्या छ।

विमानस्थलमा बाँदरको रजाइँ (भिडियो)

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल, राष्ट्रको एक मात्र अन्तरार्ष्ट्रिय विमानस्थल हो। विदेश जाने र फर्किने यात्रुका कारण यो विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्मै व्यस्त रहन्छ। दैनिक करिब ७० अन्तरार्ष्ट्रिय उडान हुने विमानस्थलको अागमन र प्रस्थान कक्षमा बाँदरले सास्ती दिइरहेको छ। आन्तरिक टर्मिनलतर्फको सैनिक ब्यारेक रहेको जंगलबाट आउने बाँदर समूहले यात्रुको हेन्डब्याग खोस्ने, पसलका खानेकुरा खाइदिने हर्कत गर्दै आएको हो।

लुक्ला विमानस्थलमा दोहोरिइरहने दुर्घटना

प्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन/अनुसन्धानमा सम्बन्धित पाइलटको 'गल्ती' भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ। तर, त्यही प्रकृतिका दुर्घटना दोहोरिइरहे पनि निराकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतको ध्यान जाँदैन।

विमानस्थलमा राति अबेरसम्म उडान अनुमति दिन निर्देशन

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग सुधारको काम सुरु नहुन्जेल वायुसेवा कम्पनीलाई राति अबेरसम्म पनि उडान गर्ने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

भारतका प्रमुख तीन शहरहरुमा विमान अपहरणको हल्लापछि उच्च सतर्कता अपनाइएको छ। मुम्बई, चेन्नई, तथा हैदरावादलगायतका प्रमुख विमानस्थल तथा हरुलाई विमान अपहरणको सूचना एक महिलाले इमेल मार्फत् दिएकी थिइन्।

त्रिभुवन विमानस्थलमा चितुवा छिरेपछि आधा घण्टा उडान अवरुद्ध

त्रिभुवन विमानस्थलमा चितुवा पसेपछि केहीबेर उडान र अवतरण अवरुद्ध भएको छ। बिहान करिव ८ बजे वुद्ध एयरका पाइलटले धावनमार्ग नजिकै चितुवा देखेपछि एटिसीलाई खवर गरेका थिए।

विमानस्थलमा सेनाको राइफल खोस्ने युवकको जवाफी फायरिङमा मृत्यु

पेरिसको अर्ली विमानस्थलमा सेनाको हतियार खोस्ने प्रयास गर्ने एक युवामाथि सेनाले प्रत्याक्रमण गर्दा आक्रमणकारीको मृत्यु भएको छ।

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

प्रहरीले अवैध रुपमा ३८ हजार नौसय ९९ अमेरिकी डलर हङकङ लैजान खोज्ने पेम्बा लामालाई पक्राउ गरेको छ ।

पोखरा विमानस्थलमा पार्किङ अभाव

पोखरा विमानस्थलमा सोमबार बिहान ११ बजे सातवटा हवाईजहाज र दुईवटा हेलिकोप्टर पार्किङ गर्नुपर्‍यो। एटिआर (बुद्ध), जेटस्ट्रिम (यती) र टि्वनअटर सहितका जहाज र हेलिकोप्टर विमानस्थलको पार्किङमा एकैपटक अड्याउँदा पार्किङ क्षेत्र खचाखच देखिन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्