१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

श्रीमान विरुद्ध जबरजस्ती करणी मुद्दा

श्रीमानले जबरजस्ती याैन सम्बन्ध राख्न खाेजेकाे भन्दै मुद्दा दर्ता गरिएकाे छ। भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु बडालले श्रीमान डम्बर जोशी विरुद्ध जबरजस्ती करणी उद्दाेगमा मुद्दा दर्ता गराएकी हुन्।

प्रशासकीय अदालत अब उच्च अदालतको इजलासमा

कर्मचारीका मुद्दा किनारा लगाउन छुट्टै अदालतको रूपमा रहेको प्रशासकीय अदालतलाई अब उच्च अदालतको इजलासमा राखिने भएको छ।

वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियम विपरित श्रम स्वीकृति प्रदान गर्ने वैदेशिक रोजगार विभागका २५ कर्मचारी र दुई विचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गलत कागजातका आधारमा १८४ जनालाई श्रम स्वीकृति प्रदान गरेको पाइएपछि विभागका शाखा अधिकृत, नायव सुब्बा, कम्युटर अपरेटर गरी २५ कर्मचारी र दुई जना विचौलियाविरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो।

वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा

स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ।

छिमेकीको हत्या गरेर फरार अभियुक्त २९ वर्षपछि दशैंमा घर आउँदा पक्राउ

जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्तलार्इ प्रहरीले २९ वर्षपछि पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेका छन्। जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो।

न्यायिक समितिमा मुद्दा बढे

हुम्लाका सातवटा गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिकाले उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिबाट मुद्दा किनारा लगाउन थालेको छ । आर्थिक वर्ष २०७५–७६ को तीन महिनायता १३ मध्ये पाँचवटा मुद्दा फर्स्याैट गरेको छ।

गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याउने गरी काम अगाडि बढाएको बताएका छन्। बुधवार महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको शिलान्यास गर्दै खरेलले गम्भीर प्रकृतिका मुद्दामा जतिबेला पनि अभियुक्त, जाहेरीवाला र विशेषज्ञलाई अदालतमा उपस्थित गराएर समयमै मुद्दा टुङ्ग्याउन देशभरका सरकारी कार्यालयलाई निर्देशन दिएको जानकारी गराए।

विचाराधीन मुद्दामा लेख्दा क्षति : प्रधानन्यायाधीश मिश्र

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा विचाराधीन मुद्दामा सञ्चार माध्यमले लेखेका कारण क्षति भैरहेको बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले सर्वोच्च अदालतमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा चलिरहेको विषयमा मिडियाले लेख्दा न्यायमा क्षति पुगेको बताएका हुन्।

घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उपभोक्ता ठगीको मुद्दा उपभोक्ता अदालतलमा

उपभोक्तालाई ठगी गर्ने व्यापारीका मुद्दा हेर्न उपभोक्ता अदालत गठन हुने भएको छ। संविधानको दायराभित्र रहेर मौलिक हकअन्तर्गतको उपभोक्ता संरक्षण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक संसदबाट पारित भएपछि अब उपभोक्ता अदालत गठन गठन हुने भएको हो।

पहिला योजना निर्माण अनि छलफल

राजधानीबारे पहिले योजना बनाउने अनि संसदीय दलमा छलफल थाल्ने मुख्यमन्त्री शेरधन राईको कार्यशैलीको नेकपाकै सांसदहरूले विरोध गरेका छन्।

अब बालबालिकाका मुद्दा हेर्न छुट्टै अदालत

बालबालिकाले कुनै अपराधमा संलग्न भएमा त्यसको कारबाही सुनुवाइ किनारा गर्न बाल अदालत गठन गर्ने व्यवस्था गर्ने कानुन बनेको छ ।

दुई सय व्यावसायिक फर्मविरुद्ध मुद्दा

उपभोक्तालाई गुणस्तरहीन दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध सरकारले मुद्दा दायर गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अखाद्य वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग, कम्पनी, फर्मलाई कारबाही गर्न मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्