१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमान विरुद्ध जबरजस्ती करणी मुद्दा

कञ्चनपुर : श्रीमानले जबरजस्ती याैन सम्बन्ध राख्न खाेजेकाे भन्दै मुद्दा दर्ता गरिएकाे छ। भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु बडालले श्रीमान डम्बर जोशी विरुद्ध जबरजस्ती करणी उद्दाेगमा मुद्दा दर्ता गराएकी हुन्। श्रीमान् जोशीले जबरजस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएकाे अाेझाले बताए। मुद्दा दर्तापछि डम्बरलाई पक्राउ गरिएको छ।

मुलुकी संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको अाेझाले बताए। अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसूरको दफा ९४० को उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कारागार सजायको व्यवस्था छ। उक्त व्यवस्थानुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिए। रासस

प्रकाशित: १२ कार्तिक २०७५ १४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App