डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु
डोटीको बोगटान गाउँपालिका–६ गगुडामा भएको यात्रु बोकेको जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भीर छ। दिपायलदेखी चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका-६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो।