ढुंगाले लागेर एकको मृत्यु
जयपृथ्वी नगरपालिका ७ मा भिरबाट ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ। बा ६४ प ६२१० नम्बरको पल्सल मोटरसाइकलमा मोदीबगरबाट सदरमुकाम चैनपुर तर्फ आउँदै गर्दा जयपृथ्वी नगरपालिका ७ को कचाली खोलाको भिरमा माथीबाट ढुंगा खस्दा बर्ष २६ का सुरेन्द्र खड्काको घटनास्थलमै मृत्यु भएको हो।