२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

इटहरी –  धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस शनिबार अपराह्न इटहरी हलगडा क्षेत्रमा पल्टिँदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ भने पाँच यात्रु घाइते भएका छन्। 

धरानबाट इटहरीतर्फ आउँदै गरेको उक्त यात्रुवाहक बस तीव्रगतिका कारण सडकदेखि पाँच मिटर तल खसेको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका विकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। 

घाइते पाँचैजनाको इटहरीस्थित स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। रासस 

प्रकाशित: १४ श्रावण २०७४ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App