२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीमा डुङ्गा डुब्दा सातको मृत्यु

अङ्कारा – आप्रवासी शरणार्थी लिएर टर्कीको बाटो ग्रीसतर्फ हिँडेको डुङ्गा टर्कीको सामुद्रिक इलाकामा डुब्दा पाँच बालबालिका सहित सात जनाको मृत्यु भएको टर्कीको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ। 

अनादोलु न्युज एजेन्सीका अनुसार टर्कीको केश्मी एलाकामा बिहीवार अबेर भएको दुर्घटनामा पाँच बालबालिका र दुई वयस्क व्यक्तिको मृत्यु भएको छ । घटनामा चार इराकी, तीन सोमालियाली र दुई सिरियाली नागरिकको सकुशल उद्धार गरिएको छ । एक जना शरणार्थी हराइरहेको बताइएको छ। 

गरिबी र द्वन्द्वको पीडाले शरणार्थी बनी मध्यपूर्वबाट हजारौं व्यक्तिले आफ्नो जीवनको प्रवाह नगरी समुद्रको बाटो यूरोप र अमेरिकी मुलुकमा पुग्ने क्रम विगतको तुलनामा केही कम भएको छ । तर अझैपनि ठूलो सङ्ख्यामा मानव तस्करको फन्दामा परी मध्यपूर्वी मुलुकबाट सामुद्रिक बाटो यूरोप जाने क्रम भने रोकिएको छैन। 

डुङ्गाको क्षमताभन्दा बढी यात्रु राखेर ग्रीसतर्फ हिँडिरहेका वेला भएको उक्त घटनापछि मानव तस्करले शरणार्थीलाई अलपत्र छोडी भागेको बताइएको छ । प्रहरीले शरणाथीलाई अलपत्र पार्ने तस्करको समूहको खोजी जारी राखेको छ ।

प्रकाशित: १३ श्रावण २०७४ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App