भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ र ७ को पाटीचौरस्थित ठाडो खोलाले बगाएर बिहीबार एक महिलाको मृत्यु भएको छ ।
साबिक सूर्यविनायक नगरपालिका ४ खड्कागाउँं दधिकोट निवासी ५६ वर्षीया सत्यावती खड्काको खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।
करिब एक सय मिटर तल श्री भैरबी आधारभूत विद्यालय पछाडि कलभटमा उनलाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दिउँंसो साढे दुई बजे भीषण पानी परिरहेको बेला खेतबाट घरमा फर्केने क्रममा खोलाले बगाएको महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रमुख सई कुमार श्रेष्ठले बताए ।
मृतकको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको उनले जनाए ।
प्रकाशित: १९ श्रावण २०७४ १२:०३ बिहीबार